नथियासँग उतारिएको जिन्दगी

Photo Sushma

सुष्मा न्यौपाने

चैत्रको पहिलो हप्ता  लेखक सरस्वती प्रतिक्षाद्धारा लिखित नथिया भन्ने पुस्तक पढे । पढ्नता किताबका पाना पढे तर हरेक पानाहरु पल्टिदै गर्दा अक्षर पढेजस्तो महशुस भएन् । हुन्थ्यो पनि कसरी म त कसैको जिन्दगी पढिरहेको थिए । महिला लेखन सरस्वती प्रतिक्षाले लेख्नुभएको नथिया अत्यन्तै शक्तिशाली र मन छुने लाग्यो ।

पुस्तकमा विशेषगरी वादि समुदाय र त्यहाका महिलाहरुको जीवनी, बाध्यता, पेशा र विवशतालाई छर्लंगै उतारिएको रहेछ । समाजमा शरीर बेचेर खाने भनेर उपनाम भनौ या बद्नाम कमाएको वादी समुदायको भित्रि कथा र विवशता पुस्तक पढेपछि ऐना जस्तै छर्लंगै हुन्छ । खुसी लागेको कुराचाहि कुरा हाल यी सबै समुदायका महिलाहरु देह व्यापारमा छैनन् भन्ने थाहा भएको छ । अन्य पेशामा लागेर आत्मसम्मानपुर्वक बाँचेका छन् । तरपनि उनीहरुको ईतिहास, जिन्दगी, विवशता, पढ्न नथिया पढ्नैपर्छ ।

नेपाल जहाँ हामी धर्म, संस्कृति, रितिथितिको वयान गरेर थाक्दैनौ यहि कहि कतै हाम्रै दिदिबहिनीहरुको कुमारीत्व कुनै सामानझै बार्गेनिङ गरी गरी बिक्री गरिन्थ्यो । सायद अझै थुप्रै महिलाहरुको अवस्था र पेशा त्यस्तै हुनसक्छ । वादी समुदायमा महिलाहरु महिनावारी भएपछि मोलतोलमा शरिर बेच्नका लागि तयार हुन्छन र ग्राहकहरुले नथिया उर्ताछन् । नथिया मात्र होईन उसको कुमारीत्व उतार्छ र मान्छेबाट एउटा सामान बनाईन्छ । त्यहि दिनदेखि खुलमखुला ऊ देह व्यापारको धन्दामा लाग्छे । यस्तो कल्पनाझै लाग्ने संस्कृतिसँग जोडिएको यथार्थताले हाम्रो समाज, गरिवी, गरिवीका विवशताका बारेमा सोच्न बाध्य बनायो । मनमा एक प्रकारको भूकम्प गईरह्यो ।

लेखकले उपन्यासमा वादी समुदाय र उपन्यासका पात्रहरुको प्रस्तुती (कथा, व्यथा, पेशा, पेशामा लाग्नुको बाध्यतालगायत उनीहरुमाथि जीवनभरी भईरहेको अन्यायलाई न्यायिक ढंगले प्रस्तुती गर्नुभएको छ । लेखकको प्रस्तुती शैली, शब्द चयन, कथा र पात्र चयनलाई हेर्दा लाग्यो की उनी स्वयम कथाकी मुख्य पात्र हुन् । ति सबै उनको भोगाई नै हो जस्तो भान भैरह्यो । उपन्यास दाङ जिल्लाको घोराही नजिक वादी समुदायको कथामा लेखिएको रहेछ । समूदायको नाम पनि पक्रैया (वादी महिलाहरूले पुरुस देखेपछि पक्रेर लान्छन भन्ने मान्यताबाट) राखिएको रहेछ ।

प्रोफेसर दिवाकर थापाको जीवनका केहि अधुरा कहानी एकाएक सपनाझै जीवनमा आएपछि शुरु भएको उपन्यास जती पाना पल्टिगै गयो त्यति नै रहष्यमय र दर्दनाक वास्तविक जिन्दगीका पानाहरु पल्टिदै थियो । उपन्यासले विभिन्न मोडहरुमा थुप्रै पात्रहरु (वादी समुदायका देह व्यापारमा लागेकाहरु तथा उनीहरुको देह खरिद गर्नेहरु) का कहानी प्रस्तुत गरेको छ । उपन्यासको मुलपात्र सामली वादीको जीवनीमा आधारित नथिया उत्कृष्ट प्रस्तुती लाग्यो ।

वादी समुदायमा जन्मेकी चन्द्रिकाको नाम मात्र चन्द्रिका भयो । उनको रुप र जीवन सधै नै औसीको रात जस्तै अधेँरो बनिरह्यो । आफ्नो पुख्र्याली पेशा, उमेर पुगेपछि अर्थात रजस्वला भएपछि नथिया उतारेर आफ्नो रुप र शरिर बेचेर बाच्ने र बचाउँने पेशा उनले पाईनन् । एउटै कारण उनी राम्री थिईनन् । जहाँ नथिया नउतारिनु चाहिँ अपमान र पिडाको कारण बन्थ्यो त्यहाँ उनको नथिया नउतारिएको पिडामा जलिरहिन् ।

रुपमा बेचिन नसकेकी चन्द्रिका र अपांग बाङ्गेकान्छाको विवाह भयो । उनीहरुको कोखबाट जन्मिएकी रुप र मन दुबैकी अत्यन्तै सुन्दर सामली वादीको जीवनी हो नथिया । लेखकको भनाई अनुसार ९५ प्रतिशत अर्थात करिव करिव सतप्रतिशत सत्य कथा, वादी आन्दोलन र ईतिहास हेर्दा यो सबै साँचो हो । आम नेपाली समाजमा अझैसम्म पनि जति नै शिक्षित र बौद्धिक वर्गमा पनि बच्चा जन्मदाको पहिलो जिज्ञासा र प्रश्न उसको स्वास्थ्य अन्य कुराहरु भन्दा बढि छोरा की छोरी भन्ने हुन्छ । छोरा जन्मदा जति खुसी र प्रसन्न हुनछन् छोरी जन्मदा त्यो उत्साह केहि न केही कम भएकै हुन्छ । अझै ग्रामीण समुदाय, परम्परावादि चेतनास्तर भएको मानिसहरुको कुरा गर्दा त अपत्यारिलो लाग्ने अवस्था छ । तर ठीक उल्टो वादी समुदायमा भने छोरी जन्मदा खुसी हुने रहेछन् । किनकी ति छोरी जन्माउँने आमावुवा, उनका परिवारको जिवीकाको स्रोत नै तयहि छोरीको यौन व्यावसाय (देह व्यापार) पो रहेछ । सामली जन्मदा उनको आमाले आफु कुरुप हुनुको पिडा र छोरी जन्माउदाको प्रसव पिडा बिर्सेर वर्षैदेखि सुकेको आखामा आँसु सहित लिएर हाँसिन् । जब जब छोरी बढ्दै गईन्, तबतब सुखका दिन नजिक आए भनेर उनका परिवार खुसी हुदै गए । पछि जन्मेको छोरा बुधेको लालनपालन, खानपानमा ध्यान नदिएरै भएपनि सामलीलाई सकभर राम्रोसँग लालनपालन गरे । सामलीलाई देश व्यापार अर्थात वादीहरुको पेशा कहिल्यै मन परन् । उनले आफु त्यो पेशामा लाग्छु भन्ने सपना र कल्पना कहिल्यै गरिनन् । अरु मानिसहरुलेझै मानिस नै भएर आत्मसम्मानपुर्वक बाच्ने उनको ठूलो सपना थियो तर उनको नथियासंगै उनको सपना र जिन्दगी पनि उतारियो ।

बेखामान साहुको छोराको विहामा पहिलो पटक नाँचेपछि उनको जीवनको कहानी, रेखाहरु फेरिन शुरु भएको थियो । सामलीलाई र उसको नृत्यलाई देखेपछि उसँगको क्षणिक सम्बन्ध, यौनिक आनन्दको सपना धेरैले देखे । सोहि दिनदेखि ऊ अरुको सपना र आफ्नो विवशताको मुल्य सामलीले चुकाईरहि । सामलीको रजस्वला भएदेखि उसकी आमाले बारम्वार नथिया उतार्न तयार रहन भनिरहिन् । सामलीले मानिन् । बरु ज्यालामजदुरी तथा अरुको खेतीमा काम गरेर श्रम बेचेर खान्छु तर शरीर बेचेर खान्न भनेर मनाही गरिरहि । बदिनीको कोखमा जन्मेर शरीर बेच्दिन भन्नु मुर्खता भएको र वदिनीले खेतीमा टेकेमा त्यहाँ अन्न नफल्ने, भएका रुख, विरुवा वा बालीसम्म नष्ट हुने भएकाले खेतीमा काम गर्न नपाउँने भन्ने आमाको उक्त जवाफले उसको मनमा अर्को काडाँ बिझ्यो । यस्तैमा आमाले भित्रभित्रै सामलीको नथिया उतार्नको लागि साहु बिर्खमानंग प्रशस्त पैसा र धन लिएर एकप्रकारले छोरी बिक्री गरिसकेकी हुन्छिन् तर सामलीलाई थाहा हुदैन् । सामलीलाई योजनाबद्ध रुपमा जात्रा हेर्ने निउँमा बिर्खमानको गोदाममा पु¥याईयो । सामलीको शरीर गलेको थियो मन अझै धेरै गल्यो । शरीर मात्र होईन् सपनाको, भावनाको, आत्मसम्मान र पुरै जिवनको बलात्कार भयो । त्यसको पिडाले लामो समय सामली गली । जीबनदेखि हारेर भोलीपल्ट उ घरमा पुग्दा उसको आमा, बाबुलगायत अरु सबैको अनुहारमा चमक र हाँसो थियो । किनकी सामलीको मुल्य जो उनीहरुले पाएका थिए । घरमा चाडपर्व आएको जस्तै रौनक थियो । खानपानको परिकार धेरै र विशेष थियो । त्यहि दिन उसले बुझि, वदिनीको छोरी भएर जन्मनु भनेको आफु मात्र दु:खी हुनु रहेछ । आफ्नो कारणले अरु सबै सुखी हुनु रहेछ ।

लामो समय मन र शरिरको बिरामी भएकी सामलीको घरको वरिपरी धेरै गिद्धहरु घुम्न थाले । केहिले घरबास र वस्ती नै उठाईदिने समेत धम्की दिए । बाच्नका लागि ऊ आमाबाबुकैसाथमा राजापुर गएर बसी । राजापुरमै बाबुको मृत्यु भयो । धन्दाबाट टाढा हुन दिदिसँग बसिरहेकी सामली, धन्दामै लागेकी दिदिसंग केहिदिन राम्रैसंग बस्न पाएपनि फेरि धन्दा नगरी बस्न नसक्ने भएपछि उ पुन गाउँ फर्की । घरमा फर्र्किदा फुपु पनि मरिछन् । फुपुको पनि धन्दाबाट धेरथोर पैसा आउथ्यो तर त्यो बाटो पनि रोकियो । घरमा चुलो बल्न छाड्यो । एक दाना अनाज थिएन् । बुबाको मृत्यु पछि गलेकी आमा सामलीलाई धन्दाका लागि कर लाउँन सक्ने पनि थिईनन् । रोग र शोकले गलेकी आमा र पेशा नभएको भाई अनी रित्तो घर र निभेको चुलो भएपछि सामलीको आत्मसम्मान, पेशा प्रतिको घृणा, पेशाा बाहेकका विकल्प सबै देख्न छाडी । उसले खुसीराजी धन्दामा लाग्ने निर्णय गरी । उसैले ग्राहकलाई निम्तो पठाई ।

विस्तारै धन्दालाई मन्दिर र पुजा मान्न थाली । दत्तचित्त भएर धन्दामा लागिरहि । गनेर एकिन छैन् उसले कतिको प्यास मेटाई । परिवार राम्रैसंग चलाईरहि । एक रात, एक दिन वा केहि क्षणका लागि प्रेम गर्न वा किन्ने धेरै पाई । तर अचानक जीवनभरीलाई प्रेम गर्छु भनेर एउटा रेन्जर उसको जीवनमा आयो । परिवारसँगको जिम्मेवारी सबै आफुले लियो । सामलीलाई अरु ग्राहकले दिने पैसा समेत आफैले दियो र अरुसँग सम्बन्ध राख्नबाट रोक्यो । यस्तै हुदैगर्दा रेन्जरले सामली सँग विवाह पनि ग¥र्यो । केहि समय सम्बन्ध राम्रै भयो । विस्तारै सम्बन्धमा उतार चढाव आउँनथाल्यो । सामलीले शारिरिक र मानसिक यातना सहन नसक्ने भई । गर्भवती सामली रेन्जरसंगको सम्बन्धमा रहिरहे आफु र बच्चा बाच्न नसक्ने भएपछि मोहम्मदसंग विवाह गरी । उसंगको सम्बन्ध र एक अर्काबिच प्रेम नहुदै मोहम्मदको दिमागी सन्तुलन बिग्रियो । काम गर्न नसक्ने भयो । सामलीले छोरी जन्माई ।

फेरि ऊसको जिवन चर्खाझै घुम्दैघुम्दै पुरानै अवस्थामा आईपुग्यो । सुत्केरी सामलीले धन्दा गर्न सक्ने कुरा भएन् । अरुको पेशा र आम्दानी थिएन् । सामलीको धन्दा रोकिएसंगै आम्दानीको मुल सुक्यो । फेरि घरको चुलो बल्न छाड्यो । घर रित्तो हुन थाल्यो । अरु त भोक पनि खप्न सक्थे । तर जब खान नपाएपछि सामलीको दुध आउँन छाड्यो र सामलीकी छोरी भोकले घाटि सुकेर रुन थाली । छोरीलाई बचाउँन नसक्ने अवस्था आएपछि सुत्केरी पनि नतंग्रिदै ऊ पुन धन्दामा लागि । फेरि धन्दाबाटै परिवार र आफ्नो जीवन चलाईरहि । मोहम्मदको बिरामी बढ्दै गएपछि अस्पताल लगियो तर ऊ अस्पतालबाटै हरायो । मोहम्मद बेपत्ता हुदा पनि सामलीलाई छोएन् । मोहम्मदले उसको जीवनमा ठाउँ बनाएको भएपो ऊ जादाँ ठाउँ रित्तो हुने । तर पनि अब आफु सदवा कि विधवा भन्ने दोधारमा परिरहि । उत्तर पाईन उस्ले ।

यस्तैमा समलीको जीवनमा अर्को फरक मोड आयो । पढाईको क्रममा वादी समुदायको जीवनी, पेशा र विवशताको कथा (थेसिस) लेख्न वादि समूदाय पुगेका प्राफेसर दिवारसँग कहिल्यै शारीरिक सम्बन्ध भएन् तर मनको यति बलियो सम्बन्ध गासियो की सामलीको पेशा, स्थान र जीवन नै फेरियो । दुई विवाह गरेर एक बच्चाकी आमा समेत बनिसकेकी सामलीसंगको प्रेममा दिवाकर चुर्लुम्म डुबे । उनको प्रेममा कुनै स्वार्थ थिएन् । शरिरको आकर्षण थिएन् । सामलीको मन, भावना र विचारसँग उनको प्रेम भएको थियो । दिवाकरको प्रेमले सामली बदलिई । भाईको विवाह गरिदिई । जीवनभरीको कमाईले घर र थोरै जग्गा किनिदिएर आमा र भाई बुहारीलाई राखी । दिवाकर उसलाई विवाह गर्न तयार भएर उसलाई लिन आउने दिन सामली उक्त गाउँ छाडेर कसैलाई थाहा नदिई अन्तै गई । कसैको दवाव वा डरले होईन् आफ्नै रहरले ऊ दिवाकरको जिन्दगीबाट टाढा भई । तर दिवाकरको प्रेम र आत्मियता कहिल्यै घटेन् उसको मनमा । त्यस्तै दिवाकरको पनि जीवनमा नभएपनि मनमा सामली सधैभरी रहिरहि । नमेटिने छाप बनेर । यसरी कथाको अन्त्य हुन्छ ।

सामलीले छोरीलाई काठमाण्डौमा राखेर दुख गरेर पढाई । नेपालमै पहिलो वादी महिला जस्ले मास्टर डिग्री पास गरिन् ति सामलीकी छोरी सुजाता थिईन् । सुजाताको दिक्षान्तर समारोहमा प्रोफेसर दिवाकर थापा उपस्थित थिएन् । सामलीकै फोटोकपी सुजातालाई एकाएक देखेपछि पुन दिवाकरको आखामा विगत र सामली नाचिरहन्छन् । दिवाकरलाई देखेर पनि अतित बल्झने डरले कुनै नाम बिनाकै प्रोम सम्बन्ध जोगाईराख्न र आफ्नो प्रेमको कारण अरु कसैलाई दुःख नपरोस भनेर सामली दिवाकरसँग भेट्दिन् । मानिसको जीवन फेरिनको लागि एउटा महत्वपूण शक्ति भनेको साचो प्रेम रहेछ । प्रेमको उज्यालो नै हो जस्ले मानिसलाई संघर्षको जस्तै डरलाग्दो अधँरोमा पनि साहस, बल र उज्यालो दिईरहन्छ । तर अफसोच भगवानको नाममा कैयौ दिन निराहार बस्ने, पुजा गर्ने, भजनकिर्तन गरेर नथाक्ने हाम्रो समाज भगवान मानिएका त्यहि राधा, कृष्ण, शिव, पार्वतीको प्रेमलाई पुर्जा गर्छ तर मानिसले मानिसलाई प्रेम गरेकै निउँमा अपमानित गर्छ । समाजबाट बहिष्कार गर्छ । त्यसमाथि पनि शरिर बेच्नेको प्रेमलाई कस्ले मान्ने, कस्ले बुझ्ने ? त्यसैले सामली आफ्नो प्रोबाट टाढा भएकी थिई ।

मानिसहरु अरुको काम, पेशालाई लिएर सिधै अडेकलबाजी लगाउँछन् आफुलाई जे लाग्यो त्यहि भन्छन् तर पेशा वा काममा लाग्नुको विवशता, बाध्यता, आँसु कसैले बुझ्दैन् । आसुँको स्वाद सबैलाई थाहा छ । सायदै यो दुनियामा आँसु नझारेका मानिस छैनन् होला तर आसुसंगै जोडिएर आउँने कथा, व्यथा र विवशताको स्वाद भोग्नेलाई मात्र थाहा हुन्छ । त्यसैगरी वादी समुदायको पिडा त अनुमान लगाउँन पनि मुस्किल छ । सामलीवादि समुदायकै भएपनि, पेशा धन्दा नै रहेपनि अरुभन्दा फरक थिई । र त उसको जीवनमा यति धेरै दु:ख, संघर्ष आए भने अरुको अवस्था पक्कै पनि यो भन्दा कहालीलाग्दो र दुखदपूर्ण थियो होला । महशुस भयो । साच्चै वर्गसंघर्ष पनि धनी र गरीबबीच मात्र नहुने रहेछ । वर्गसंघर्ष त गरीव र गरीव बीचमा पनि हुने रहेछ । वर्गसंघर्र्ष पनि शोषित र शोषक बीचमा मात्र नहुने रहेछ । वर्गसंघर्ष त शोषित र शोषित बीचमा पनि हुने रहेछ । कोहि हैसियतवाला शोषित र कोहि हैसियतबिनाको शोषित हुन्छ । सामली कुन वर्गमा पर्दथी थाहा छैन् तर वादि नै भएपनि शरिर बेच्नेमै परेपनि सामली अरुको तुलनामा उपल्लो दर्जामै पर्दथी  । किनकी सामलीकोमा आउँने ग्राहकहरु पैसा, शक्ति, सत्ता सबै भएकाहरु आउँथे । ऊ धेरैको खास भएकी थिई । त्यसैले उसका केहि दुःखका कुरा केहि खुसी र सुखका कुराहरु पनि अरुको भन्दा खास नै थिए । अरु वादिहरु खुद्रा सामानजस्ता थिए । तिनका सामान पनि खुद्रामुल्यमै बिक्री हुन्थे । सामली आफैमा ब्रान्ड थिई । उ ब्रान्डकै मुल्यमा बिक्री हुन्थी ।

वादी समुदायका भनौ या अन्य पनि गरिव, दलित, पीडित समुदायका मानिसहरुले सपना देखेनन्, योजना बनाएनन्, प्रगती गरेनन भनेर मानिसहरु आलोचना गर्छन्, सहती विश्लेषण गर्छन् यि गरिवहरु, दलितहरुलाई जति सहयोग गरेपनि हुदैन्, नराम्रो पेशाामा लाग्छन् भन्ने कुराहरु गरिरहन्छौ तर साच्चिकै गरिव समुदायमा काम गर्दा र र नथिया पढ्दा महशुश भयो कि मानिसले सपना देख्न पनि हैसियत वा आधार चाहिन्छ । नत्र आफ्नै सपनाको भारले थिचिएर मर्छ मान्छे । त्यसैले मानिसलाई सपना देख्न योग्य आधार तयार गरिदिने हो भने उसले आफै सपना देख्छ । र सपनाहरुको आकार फराकिलो हुदै जान्छ । र त्यसले उसको हैसियत पनि फरक हुदै जान्छ । ऐलानी जग्गामा बसेका वादिहरुको सुरक्षितसंग बस्ने घर र केहि जमिन मात्र हुने हो भनेपनि त्यहि जमिनमा अन्नपात, तरकारी उत्पादन, पशुपालन गरेर वा केहि व्यावसाय गरेर पनि जिविका चल्ने थियो । वादि तथा अन्य गरिव, दलित पछाडि पारिएका सबै समुदायको गरिबी, विवशता, समस्या र बाध्यता अनि पिडा तथा हैसियत र पहिचान नहुनुको कारण जमिन नहुनुसँग प्रतक्ष्य रुपमा जोडिएको छ ।

Comments

comments