नयाँ शक्तिको युगको माग : डा भट्टराई

IMG_9823

IMG_9828धुन्चे, रसुवा नयाँ शक्ति अभियान नयाँ युगको आवश्यकता भएको पुर्व प्रधानमन्त्री तथा नयाँ संक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले बताए ।

नयाँ शक्ति अभियान रसुवाको आयोजनामा रसुवाको धुन्चेमा एक अन्तक्रिया कार्यक्रममा प्रमुख अतिथि डा भट्टराईले ७५ वर्षदेखि नेपालीले चाहेको परिवर्तन भएर लोकतन्त्र आएपनि देशमा आम नागरिकले खुशी हुने दिन नआएकोले राष्टको विकास र समृद्धिका लागी नयाँ बिचार सहितको नयाँ शक्ति आवश्यक भएको बताए । बैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र औचित्य विषयक अन्तक्रिया कार्यक्रममा उनले युगका आवश्यकता पुरा गर्न नयाँ बिचार संगठन र नेतृत्व आवश्यक भएको बताए । शसस्त्र युद्धका घटनाको जिम्मेवारी लिन यार भएको बताउँदै उनले बैचारिक आधार र बिचार आवश्यकताले जन्माउने र भ्रष्टाचार मुक्त, दिगो विकास र आर्थिक क्रान्ति आजका आवश्यकता औल्याएका थिए ।

शेरबहादुर आरसीको अध्यक्षतामा भएको सभामा छेसाङ तामाङ, केन्द्रीय सचिवालय सदस्य रिसवदेव भट्टराई , पासाङ शेर्पा, गणेश राई, नेपाल चीन केरुङ ब्यापार संघका अध्यक्ष मानबहादुर तामाङ, स्थानीय सीता अधिकारी, तीरबहादुर गुरुङ, सल्लाहकार डा बिकाशानन्द , रेडक्रस सभापति बाबुलाल तमाङलगायतले आफ्नो धारणा ब्यक्त गरेका थिए । कार्यक्रममको अन्तमा कार्यक्रम सञ्चालक पूर्व सभासद तथा नयाँ शक्ति जिल्ला संयोजक प्रेम तामाङले रसुवागढी नाकाको ब्यापार अब नयाँ शक्तिका युवाहरुले कब्जा गर्ने बताए । उनले तीन दल प्रति बिभिन्न आरोप लगाउदै आक्रोस पोखेका थिए ।

Comments

comments