नयाँ शक्तिद्धारा प्रमुख जिल्ला अधिकारी ज्ञापन पत्र पेस

IMG_1060

धुन्चे, रसुवा । नयाँ शक्ति नेपालले रसुवामा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अधिकारी समक्ष बिहिबार एक ज्ञापन पत्र पेस गरेका छन् ।
विनाशकारी भूकम्प पछि जिल्लाका बिस्थापितहरुको अवस्था प्रति राज्यको ध्यान जान नसकेको भन्दै नयाँ शक्ति नेपालका अन्तरिम जिल्ला परिषद संयोजक तथा केन्द्रीय सदस्य एवम् पुर्व सभासद् प्रेम तामाङ सरकार राहत तथा पुर्न निर्माणको क्रममा पुर्वाग्रही देखिएको बताए ।

भूकम्प पीडित तथा बिस्थापितहरुलाई स्थपित गराउनु पर्ने, आवास पुर्न निर्माणमा ढिलाई भएको , अनुदान बितरणको प्रक्रियामा धेरै पीडितहरु छुटेको देखिएको बताउँदै हाकु लगायतका गाविसबाट बिस्थापितलाई सुरक्षित स्थानमा पुर्नवास हुनुपर्ने, २ लाख रुपैयाँ अनुदानले घर बन्न नसक्ने भएकोले सरकारले आफै घर निर्माा गरिदिनुपर्ने , छुटेका बातविक पीडितहरुको नाम समावेस गरी अनुदान दिनु पर्ने , राहत बितरणम भएको अनियमितता छानविन गरी अनियमित गर्नेलाई कारवाही गर्नु पर्ने, गैरसरकारी संस्थाको काम पारदर्शी नभएकोले परदर्शी हुनुपर्ने, अवास्तविक पीडितले लिएको राहत तथा भुकम्प पीडित परिवार परिचय पत्र तत्काल फिर्ता हुनु पर्ने, भूकम्प पीडिहरुलाई बिना धितो ऋण उपलब्ध गराउनु पर्ने लगायतका माग समेटिएको ज्ञापन पत्र प्रमुख जिल्ला अधिकारीलाई बुझाएको थिए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारीले आफ्नो ध्यानाकर्षण भएको बताए । त्यसै गरी बिहिबार आयोजित एक पत्रकार भेटमा हाकुका बिस्थपित रमेश तामाङ , नयाँ शक्तिका तेमे्रल तामाङले पनि आवास निर्मण अनुदानमा पाउनेमा धेरै पीडितका छुटेको र बास्तविक पीडितले न्याय पाउन नसकेको भन्दै आफ्नो धारणा राखेका थिए ।

Comments

comments