नर्सरी बेड बनाउने तरिका र फाइदा

Nabin Pyakurel

नबिन प्याकुरेल

सानो ठाउ जहा बीउ रोपी बिरुवा उमारिन्छ नर्सरी भनिन्छ | सामान्यता बीउ सिधै जग्गामा रोप्ने पनि गरिन्छ ,भने ब्याड तयार गरी बीउ रोप्ने पनि गरिन्छ जुन नेपालमा धेरै जसो प्रयोगमा आएको छ |

बीउको बचत, समयको बचत, जग्गा जमिनको उचित सदुपयोग, बालीलाई उचित समय र स्याहार साथै प्रतिकुल अवस्थमापनि बेर्ना तयार गर्न सकिने भएकोले नर्सरी बेडमा तयार गर्नु निकै फाइदाजनक रहेको छ ।

नर्सरी बेड तयार गर्न सजिलै हेरचाह गर्न सकिने , आवश्यक बार बन्देज भएको, घाम लाग्ने र उपयुक्त माटो भएको हुनुपर्दछ | आवश्यकता अनुसारको लम्बाई र ब्याडको चौडाई १ मिटर राखी, आवश्यकता हेरेर पाकेको मल बालुवा खरानी प्रयोग गर्न पर्दछ ।

नर्सरी बेड दुइ किसिमले तयार गर्न सकिन्छ , वर्षायाम र सिंचाइको सुविधा भएको क्षेत्रमा उठेको ब्याड , १५ cm माथि उठाउदा युपयुक्त हुन्छ भने १० cm उठाएर हिंउदमा र सिचाइको असुविधा भएको क्षेत्रमा दबेको ब्याड सुहाउछ ।

नर्सरीको लागि संरचना

चिसो मौसममा तापक्रम कायम गरिनर्सरी  राख्नको लागि प्लास्टिकको गुम्बज गर्न सकिन्छ | यदी ३ मिटर लामो नर्सरी निर्माण गर्दा ४.५ मिटर लामो प्लास्टिक र २-२.५ मिटर लामा बाँसका भाटाहरु राख्न सकिन्छ | वर्षायाममा भने उठेको ब्याड हुनाले १.२५ मिटर अग्लो सेतो प्लास्टिक वा छानो उपयुक्त हुन्छ | येसरी तयार भएको ब्याडलाइ सानो लठ्ठीको सहायताले सम्मा पारेर एक हारदेखि अर्काे हारसम्मको दुरी ६ दखि ८ सेमी राख्न सकिन्छ भने बीउलाई ३-४ सेमीको फरकमा रोप्नुपर्छ ।94231155_2606580452996824_267734852344741888_n

बीउ रोपेपछि खरानी, धुलों माटोले प्रयोग गरी हल्का हातले सम्माउदै पराल वा सुकेको घासले छापो हालेर हजारीबाट पानी पठाउनु पर्दछ | यसो गर्दा झारको समस्या कम हुने साथै  माटोमा चिस्याको मात्रा रहन मदत गर्दछ ।

यसरी बीउ उम्रेको अथवा  नउम्रेको हेर्दै गरी बीउ टुसाएको थाहा पाउने बितिकै छापो हटाईदिनु उपयुक्त हुन्छ | प्लास्टिकको गुम्बज भित्र तयार गर्दा बीउ उम्रे पछि दिउँसो  प्लास्टिक उघार्ने भने अपरान्हमा बन्द गर्ने गर्नुपर्दछ | बेर्ना उखेल्नुभन्दा कम्तिमा ३ घण्टा अगाडि नर्सरीलाइ जरासम्म भिज्ने गरी पानि पठाई बेर्नालाइ होसियार पूर्बक कुनै बाधा नपुराइ माटो सहित उखेल्नु पर्दछ र बेर्ना एकै ठाउमा संकलन गरी तयारी जग्गामा रोप्न सकिन्छ । बेर्नालाई घाम लागेको दिन साझमा र बादल लागेको दिन जतिबेला पनि रोप्न सकिन्छ | भर्खरै सारेको बेर्नालाइ टपरी वा केराको सुप्लाले छोप्न सकिन्छ ।

कृषि प्राबिधिक प्याकुरेल सिड्स रसुवामा जीविकोपार्जन अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ ।

Comments

comments