नवनिर्मित चार विद्यालय भवन उद्घाटन

Naukunda school (3)

रसुवा, ०७२ बैशाख १२ को भूकम्पमा भत्केको नौ कुण्ड गाउँपालिका चार विद्यालय भवन उद्घाटन तथा  समूदायमा हस्तान्तरण भएकाे छ । वडा नं १ स्थित थाङदोर आधारभूत विद्यालयको नवनिर्मित भवनको बुधबार एक सभाकाबीच उद्घाटन भयो ।

नमूना प्रावि नाै कुण्ड रसुवा

नमूना प्रावि नाैकुण्ड , रसुवा एसिया अनलुस र नेपाल कृषि वन प्रतिष्ठानको सहयोगमा निर्मित ८ कोठे भवन एक कार्यक्रमकाबीच प्रदेश सभा सदस्य प्रभात तामाङले उद्घाटन गर्नुभयो । कार्यक्रममा प्रदेश सभा प्रेम तामाङ, नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पूसाङबो घले, उपाध्यक्ष सिर्जना लामा, वडा अध्यक्षहरु, कान्छा लामा, धर्मबहादुर थाेक्रा, जिल्ला आयोजना कार्यान्वयन ईकाई (शिक्षा) का प्रमुख शरदकुमार भण्डारी, नेपाल कृषिवन प्रतिष्ठानका अध्यक्ष नेत्रकुमारी अर्याललगायतका बक्ताले विद्यालय भवन निर्माण गरेर सामाजिक संस्थाहरुले समुदायका लागि ठूलो गुन लगाएको भन्दै बिदेशी दाताहरुलाई सम्मान गरेका थिए ।

 

 

 

आरुखर्क अाधारभूत विद्यालय, रसुवा

आरुखर्क अाधारभूत विद्यालय, रसुवा

एसिया अनलुस ईटालीबाट आएका  विदेशी दाताहरुलाइ स्थानीयले परम्परागत कला, संस्कृति , भेषभूषा सहित नाँचगान गरी खादा र फुलमालाले स्वागत गरेका थिए ।

भूकम्पका कारण ढलेको विद्यालय पुननिर्माण भएपछि गाउँले निकै खुशी भएको दुप्चेश्वरी आधारभूत विद्यालयका संस्थापक प्रअ तथा जग्गादाता रेशमबहादुर न्यौपानेले बताए । उनले भने भूकम्पले ढलेको विद्यालय भवन निर्माण भएपछि स्थानीय खुशी भएका छन् । एसिया अनलुस सामाजिक संस्थाहरुले भूकम्प लगतै पनि राहत सामग्री दिने र अस्थायी विद्यालय बनाएर सेवा दिएको संझँदै ४४ महिना पछि दश कोठे पक्की भवन बनेको छ । यस काम प्रति हामी आभारी छौं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी ग्यावाले बताए ।

दुप्चेश्वरी आधारभूत विद्यायल तथा नमूना आधारभूत विद्यालय एसिया अनुलुस र नेपाल कृषि बन प्रतिष्ठान नामक संस्थाले निर्माण गरेर हस्तान्तरण समेत गरेपछि विद्यालय सेवा क्षेत्रका विद्यार्थी तथा अभिभावकहरु निकै खुशी भएका हुन् । एसिया अनलुसका संस्थापक अध्यक्ष स्वर्गीय प्राध्यापक छोग्याल नाम्खाई नोर्बुको स्मृतिमा उहाँले नेपालको हिमाली क्षेत्रका बालबालिकाको शिक्षा क्षेत्रको पहुँच तथा सहजतामा पु¥याउनु भएको विद्धालय भवन निर्माण गरिएको हो ।  शौचालय, सोलार बत्ती र विद्यालयलाई आवश्यक फर्निचरहरु समेत संस्थाले उपलब्ध गराएको छ । Naukunda school (5)

सोमबार एक कार्यक्रमकाबीच प्रतिनिधी सभा सदस्य मोहन आचार्यले नवनिर्मित भवनको उद्घाटन तथा हस्तान्तरण समेत गरेका हुन् । कार्यक्रममा प्रदेश सभा सदस्य प्रभात लामा र प्रेमबहादुर तामाङ, एसिया अनलुसका नवराज आचार्य, नेपाल कृषिवन प्रतिष्ठानका अध्यक्ष नेत्रकुमारी अर्याल गाउँपालिका अध्यक्ष नुर्पूसाङबो घले उपाध्यक्ष सिर्जना लामा एसिया अनलुसका नबराज आचार्यलगायतले आफ्नो धारणा राख्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा एसिया अनलुस ईटालीका दाताहरुलाई स्थानीयले पञ्चेबाजा फुलमाला र खादाले स्वागत गरेका थिए ।

जिल्ला शिक्षा तथा समन्वय एकाइ, जिल्ला आयोजना कार्यान्वयन एकाइ, विभिन्न गैरसरकारी संस्था र व्यक्तिले सामूदायिक विद्यालय निर्माण गरेका हुन्। जिल्लामा अहिले ३४ वटा सामूदायिक विद्यालयका भवन निर्माण भइरहेको बताइएको छ। भूकम्पले क्षति गरेको ६ सय ५९ कक्षाकोठा मध्ये सरकारले ९८ वटा र गैसरकारी संस्थाले तीन सय ३३ वटा निर्माण गरिसकेका छन्।

विद्यालय हस्तान्तरण गर्दै सासंद मोहन आचार्यले देश विकासका लागि शैक्षिक जनशक्तिको आवश्यक्ता रहेकाले गुणस्तरिय शिक्षा प्रदान गर्न आग्रह गर्नु भयो। गुणस्तरीय शिक्षामा समान पहुँच कुनै पनि देशको समग्र विकासका लागि मात्र होइन हरेक नागरिकको समानताका लागि पनि महत्वपूर्ण पक्षका रुपमा रहेको सासंद आचार्यको भनाई थियो ।

एउटा व्यक्तिदेखि लिएर समाज, समूदाय, राष्ट्रको समुन्नत विकासका लागि शिक्षा आवश्यक रहेको भन्दै उहाँले एउटा असल व्यक्ति, असल परिवार, असल समाज, असल समूदाय र असल राष्ट्र बनाउनलाई शिक्षा आबश्यक छ भन्नु भयो । आफु संबृघ्द रसुवा निर्माणका लागि कृयाशिल रहेको भन्दै सासंद आचार्यले निर्वाचनका क्रममा व्यक्त प्रतिबध्दताहरुलाई पूरा गर्न काम भैरहेको बताउनु भयो।

त्यसै गरी एक कार्यक्रमा बीच नौकुण्ड वडा नं १ स्थित आरुखर्क आधारभूत विद्यालयको नवनिर्मित ६ कोठे भवनको मंगलबार प्रदेश सभा सदस्य शान्ति थिङ, प्रभात लामा र प्रेमबहादुर तामाङले संयुक्त उद्घाटन तथा हस्तान्तरण गरे । कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाई स्रोत व्यक्ति बेगराज थापा, स्थानीय जनप्रतिनिधीहरु सहभागी थिए ।

निर्माण भएका चारवटै विद्यालय भूकम्प प्रतिरोधी रहेका छन् । भवन, शौचालय, सोलार फर्निचरलगायत रहेको छ । चारवटा भवन कुल साँढे ५ करोड रुपैयाँकोलागतमा निर्माण भएको एसिया अनलुसले जनाएको छ ।

दुप्चेश्वरी अाधारभूत विद्यालय रसुवा

दुप्चेश्वरी अाधारभूत विद्यालय , रसुवा

यस बाहेक नौकुण्ड गाउँपालिकामा जिवीकोपार्जन सहयोगको कार्यक्रम सम्पन्न भएको एसिया अनलुसका कार्यक्रम व्यवस्थापक नबराज आचार्यले बताए । १२ हजार कफी र २२ हजार वटा अचैचीका बिरुवा बितरण गरी पुनः गाउँमै दश वडा नर्सरी स्थापना गरी अलैची, कफी, लप्सी, डालेघास, बाँस, खन्युँ, पयुँ, उत्तीसका बिरुवा उत्पादन थालिएको छ । यार्सा र सरमथली क्षेत्रका किसानहरुलाई आलुखेती तालिम गरी ५ सय मिटर पाइप बितरण समेत भएको उनले बताए ।

Naukunda school (7)

Naukunda school (4)Naukunda school (6)

तस्वीरहरू:

Naukunda school (8)

Comments

comments