नाकाबन्दीपछिको अवस्थाबारे सरकारको श्वेतपत्र भौगोलिक क्षेत्रमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ भण्डारण गरिने

सरकारले मंगलबार साँझ जारी गरेको श्वेतपत्रमार्फत देशका सबै भौगोलिक क्षेत्रमा पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ भण्डारण गर्न सक्ने गरी भण्डारण केन्द्र स्थापना गर्ने घोषणा गरेको छ ।

भारतले गरेको नाकाबन्दी तथा मधेशमा जारी हड्तालका कारण मुलुकको आर्थिक अवस्थामा परेको प्रभाव र आगामी आर्थिक कार्यदिशाका विषयमा अर्थमन्त्रालयले तयार पारेको श्वेतपत्रले यस्तो घोषणा गरेको हो ।

श्वेतपत्र वाचन गर्दै अर्थमन्त्री विष्णु पौडेलले दैनिक उपभोग्य वस्तु तथा सेवाको आपूर्ति र वितरण प्रणालीलाई प्रभावकारी बनाउन सम्पूर्ण विकल्प अपनाइने बताए। पेट्रोलियम पदार्थको आपूर्ति र वितरण पारदर्शी बनाइने, वितरण गरिने स्थान तथा समय अनलाईनमा सुचना प्रकाशित गरी जानकारी दिने व्यवस्था मिलाउने, निजी सवारीसाधनलाई तेल वितरणका लागि टोकन प्रणाली लागू गर्ने पनि उनले बताए । त्यस्तै, देशका प्रत्येक परिवारलाई खाना पकाउने ग्यास पाउने व्यवस्था मिलाउने, अपांगता भएका व्यक्ति, शववाहन, एम्बुलेन्सलगायत अत्यावश्यक व्यक्ति र संस्थालाई इन्धन आपूर्तिमा प्राथमिकता दिने उनले बताए ।

देशको पूँजी लगानीलाई खाद्यसुरक्षा, जलविद्युत् विकास, पूर्वाधारलगायतका क्षेत्रमा प्राथमिकता दिइने, आर्थिक सुधारका लागि सम्पूर्ण विकल्प अपनाइने, आर्थिक क्षेत्रसम्बन्धी विचाराधिन विधेयकहरु छिट्टै पारित गरिने पनि उनले बताए । त्यस्तै, व्यापार विविधिकरण गरिने र यस कार्यमा गैरआवासीय नेपालको सहयोग लिइने छ ।

सम्भावित व्यापारिक नाकाहरु खोल्ने, नाकाका सडकहरु प्राथमिकताका साथ निर्माण गर्ने र जलविद्युत् आयोजना निर्माणका लागि पूँजी जुटाउन ऋणपत्र जारी गरी नागरिकबाट ऋण उठाउने योजना ल्याइने पनि उनले घोषणपत्रमा उल्लेख गरे।

श्वेतपत्रकाे पूर्णपाठ डाउनलाेड गर्नुहाेस् श्वेतपत्र २०७२ website_20151124020437

Comments

comments