नारी दिवसमा संयुक्त पुर्जा बनाउने ६० जोडी सम्मानीत

20170308_161821

सिन्धुपाल्चेक । “आधा पुरुष आधा नारी जमिनमा हक बराबरी” भन्ने मुल नाराका साथ सिन्धुपाल्चोक महाँकालमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवसमा संयुक्त पुर्जा बनाउने जोडी अभिनन्दन भयो । संयुक्त पुर्जा परिवारमा ऊर्जा भन्ने नाराका साथ महाँकालको ग्याल्थुम र ईचोकको चनौटेबाट ¥यालीसहित मेलम्ची भ्याली क्याम्पसमा सभा गरी संयुक्त पुर्जा बनाउने ६० जोडीलाई सम्मान गरिएको थियो । जिल्ला भूमि अधिकार मञ्च, सिन्धुपाल्चोक र 20170308_160025सामुदायिक आत्मनिर्भर सेवा केन्द्रको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा हेलम्बु, किउल, महाँकाल, ईचोक गाविस र मेलम्ची नगरपालिकाका करिव ५ सय महिला सहभागी थिए ।

नारी दिवस, दिवसमा मात्र सिमित नगराएर घर घरमा शान्ति ल्याउन सबै परिवारका महिला र पुरुषको उत्तिकै भूमिका रहेकोले परिवार र समाजमा छलफल चलाउनुपर्ने कुरा सहभागीहरुको थियो । संयुक्त पुर्जा बनाई सम्मान पाएका जोडी द्वय देव नारायण लामिछाने र मुरली लामिछाने भन्छन् ‘हामीले संयुक्त पुर्जाको बारेमा सोचेकै थिएनौँ, आज सम्मान पाउँदा खुसी छौं । हामी सँगै काम गछौं । खेतीको काम बढी श्रीमतीले गर्छिन् । तर, त्यो जग्गाको स्वामित्व मेरो मात्रै थियो । अव हामी दुवैको भयो । हामी घरको जोडी थियौं । आज जमिनको स्वामित्वमा पनि जोडियौं । यसले नसोचेको अर्थ राख्यो । परिवारलाई झन नजिक बनायो ।’

कार्यक्रममा किउलका २० र महाँकाल गाविसका ४० गरी ६० जोडी कार्यक्रममा उपस्थित भई सँगै बसेर अन्तर्राष्ट्रिय नारी दिवसको छलफल गरे र सबैले घर शान्तीका लागि संयुक्त पुर्जाको अभियानलाई अघि बढाउने प्रण गरे ।

कार्यक्रममा ईलाका तथा स्थानीय तहका राजनीतिक दल, शिक्षक, महिला स्वयम्सेविकाहरुले नारी दिवस महिलाहरुलाई ३ सय ६५ दिन मा १ दिन मात्र हैन । संधै खुसी हुनको लागि मनाउने दिवस हो । आजको कार्यक्रमले महिलाहरुलाई सम्मान गर्ने अवसर दियो । यसलाई अभियानको रुपमा अघि बढाउन सहयोग गर्ने बाचा गरे । कार्यक्रममा राष्ट्रिय भूमि अधिकार मञ्च, नेपालका सल्लाहकार सोमप्रसाद भण्डारीले महिलाहरुकै आन्दोलनले संयुक्त पुर्जा नीति आएको र यसले महिला हिंसा अन्त्यका लागि सहयोग पुगेको बताउनु भयो । उहाँले राष्ट्र ब्यापीरुपमा महिला किसानको भूमिको स्वामित्वका लागि आन्दोलन गरी रहेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय भूमि अधिकार सरोकार समूहका अध्यक्ष सरेश नेपालले संसारभरका महिलाहरुले अन्तर्राष्ट्रिय नारी दिवस मनाई रहेका छन् । उनीहरु आफ्नो अधिकारको लागि घर बाहिर निष्कन थालेका छन् । महिलाहरुमा संसार हल्लाउन सक्ने ताकत र क्षमता छ । महिलालाई कामजोर ठान्नु हुन्न भन्ने धारणा राख्नु भएको थियो ।

सामुदायिक आत्मनिर्भर सेवा केन्द्र र राष्ट्रिय भूमि अधिकार मञ्चसँग सिन्धुपाल्चोका ५ सय ३० जोडी र राष्ट्रिय तहमा ३ हाजर ६ सय ४२ जोडीले संयुक्त पुर्जा बनाएको तथ्याङ्क छ ।

Comments

comments