नारी

14081044_658390077641688_1409643409_n

   विजया तिवारी

14081044_658390077641688_1409643409_n

 

 

 

 

 

 

 

नारी त यस्ती हुन जस्ले विस्वलाई हाक्न सक्ने ।
सत्य साबित्रे झै पति धर्म थाम्न सक्ने।
इष्टमित्र देउ पित्र सबैलाई मान्न सक्ने

नारी त यस्ती हुन जस्ले बिध्या रुपि
सरस्वती झै बिद्या धर्म थेक्न सक्ने ।
सन्तान प्रतिका मर्महरु सबै सबै भुझन सक्ने
समाधानको बाटो मात्रै जुनि जुनि रोज्न सक्ने।

नारी त यस्ती हुन जसले
ठुलालाई सत्कार सानालाई माया बुन्न सक्ने।
साहस र बहादुर को प्रदसन हुनसक्ने ।
राम्रो राम्रो काम गरि चन्द्र यिनले छुन सक्ने ।

नारी त यस्ती हुन जस्ले
नारी इज्जत लुट्न खोज्ने हरुलाई
खबरदार भन्न सक्ने ।
कुसंस्कारका जराहरु सबै सबै खन्न सक्न्ने
असल असल कर्म गरि सबको वा वा बन्न सक्ने ।

नारी त यस्ती हुन जस्ले
डाह रिसको ज्वाला हरु मनै बाट हट्न सक्ने ।
अग्रगामी बिकास पथमा राम्रो राम्रो सोच्न सक्ने।
स्वर्ग रुपि पथ मात्रै सधै सधै रोज्न सक्ने।

Comments

comments