नाैकुण्ड गाउँपालिकामा आपतकालिन उपचार सेवाका लागि एम्बुलेन्स खरिद

Ambulance

रसुवा, जेठ २९ गते ।  नाैकुण्ड  गाउँपालिकाले  नागरिकलाइ बिरामी परेकाे समयमा आपतकालिन उपचार सेवा लिन एम्बुलेन्स खरिद गरेको छ ।गाउँपालिकाले आफ्नै स्रोतबाट खरिद गरेकाे हाे ।

गाउँमा  एम्बुलेन्स नहुँदा तत्काल अस्पताल लैजानु पर्ने बिरामीलाई समस्या हुँदै आएको थियो । स्थानीय तहकाे  निर्वाचन भएको चार वर्ष  पछि गाउँपालिकाले  एम्बुलेन्स खरिदका लागि भने लामो समयदेखि पहल गरिरहेको थियो । गाउँपालिकाले एम्बुलेन्स खरिद गरे पछि आपतकालिन उपचार सेवा लिन सजिलै अस्पताल जान सहज हुने भएकाेले गाउँपालिकाबासी खुशी भएका छन् । गाउँमा एम्बुलेन्स नहुँदा अन्यत्रबाट बाेलाउनु परेकाे र समयमा नपाउने बाटाेकाे समस्या देखाएर आउन नमान्ने जस्ता समस्या रहेकोले अब स्थानीय नागरिकले सहज रुपमा स्वास्थ्य उपचारका लागि अस्पताल पुग्न निकै मद्दत पुग्ने  गाउँपालिका उपाध्यक्ष सिर्जना लामाले बताउनुभयाे ।

नागरिकको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै गाडीको साटो एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाका अध्यक्ष नुर्पु साङ्बो घलेले बताउनुभयाे । कुल १० लाख ४९ हजार ३ सय ७५ रुपियाँमा एम्बुलेन्स खरिद गरिएको गाउँपालिकाले जनाएको छ ।  अब बिरामी भएको बेलामा एम्बुलेन्स अभावलेअकालमै ज्यान गुमाउन पर्ने अवस्था नआउने स्थानीय बताउँछन् । एम्बुलेन्स सुरूवात गरेकाे दिन जनप्रतिनिधी , गाउँपालिका परिवार तथा गाउँले एम्बुलेन्स पुजा गरेर रमाएका थिए । Naukunda Ambulance

Comments

comments