नाै कुण्ड गाउँपालिकाको काम ठप्प

budget-logoasfsdf

रसुवा, ०७६ असार २४ गते । नौकुण्ड गाउँपालिका रसुवामा कार्यरत वडा सचिव राजु श्रेष्ठलाई नौकुण्ड गाउँपालिका ३ का गणेशमान घले र सूर्यराना तामाङले ०७६ असार २३ गते साँझ कार्यालय परिसरमा आक्रमण गरी घाईते परेका घटनालाई लिएर कार्यालयको काम ठप्प भएको छ ।
रक्सीले केही युवाले पीडितलाई अपशब्दले गाली गरेर मार्ने धम्की दिएका थिए पछि कर्मचारीमाथि धम्की दिने घटनाका दोषीहरुलाई कानूनी दायरामा ल्याएर कारबाही माग गर्दै सुरक्षाको प्रत्यभूति नभएसम्म भन्दै प्रशासनिक २४ गतेदेखि काम ठप्प पारेको नौकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लोकहरि थापाले एक बिज्ञप्तीमार्फत जानकारी दिए । असार अन्तको समयमा धेरै काम प्रभावित भएको सेवाग्राहीहरुले गुनासो गरेका छन् । घाईतेको स्थानीय पा¥च्याङ स्वास्थ्य संस्थामा उपचार भयो ।

Comments

comments