निःशुल्क दन्त शिविर सम्पन्न

Dentel

रसुवा,  कालिका गाउँपालिकाको ज्याङल्याङ गाउँमा नयाँ निर्मित  विद्यालय भवनमा २०७६ वैशाख ३,४ र ५ गते निःशुल्क दन्त शिविर सञ्चालन भयाे  ।

अष्ट्रेलियाको cetop संस्था द्वारा आयोजित यो ११ औं दन्त शिविर हो । ३ दिनसम्म चलेको शिविरमा ४ जनाको डाक्टर टिमले २०० भन्दा बढी बिरामीलाई सेवा दिएका छन् । दाँत भर्ने,  निकाल्ने तथा उपचार गरिएकाे थियाे । शिबिरमा स्वास्थ्य परामर्श र साथै स्कूलका विद्यार्थीहरू र शिविरमा आउनेलाइ मञ्जन र ब्रस वितरण गरिएको थियो । शिविर ज्यादै उपयोगी भएको र सारै राम्रो सेवा पाइएको भन्दै स्थानीयहरु खुसी देखिन्थे । यो दन्त सिविरले आउँदा दिनमा पनि निरन्तर सेवा पुर्याउने कुरा आयोजकले जानकारी दिए ।Dentel 2

Comments

comments