निजामती कर्मचारी संगठनलाई बहुमत

Rasuwa Ni

जेष्ठ, १९, रसुवा आज सम्पन्न भएको निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन रसुवाको निर्वाचनमा नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले ११९ मत ल्याई बहुमतले विजय भएका छन ।

रसुवामा २ सय ३९ निजामति कर्मचारी मतदाता मध्ये निर्वाचनमा २ सय १६ जना निजामति कर्मचारीले मात्र मतदान गरेका थिए । दोश्रो स्थानमा नेपाली कांग्रेस निकटको नेपाल निजामती कर्मचारी युनियन (संघ)ले ६३ र तेश्रो स्थानमा नेकपा माओवादी (केन्द्र) निकटको नेपाल राष्ट्रिय कर्मचारी संगठनले १८, नेपाल मधेसी निजामति कर्मचारी मञ्चले १०, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १ मत प्राप्त गरेको छ । खसेको कुल मत मध्ये ५ मत बदर भएको निर्वाचन अधिकृत नवराज परजुलीले जानकारी दिनु भए ।

यस्तै निर्वाचन परिबेक्षकहरुको सहयोगमा जिल्ला पशु सेवा कार्यालय रसुवाका पशु चिकित्सक हरि प्रसाद ढकालले अशक्तका कारण उनी आएका गाडीबाट नै मतदान गर्नुभएको थियो । आफुलाई सवैभन्दा ठूलो दावी गर्दै आएको संगठन अहिले प्रमाणित भएको छ ।

Comments

comments