रसुवामा नियमित पत्रकार भेटमा सूचना अधिकारी

रसुवा,  जिल्लामा सूचनाकाे हक अन्तर्गत मासिक रूपमा सरकारी निकायका सूचना अधिकारीहरूले कार्यालयले गरेकाे कामकाे प्रगति पत्रकारहरू मार्फत सार्वजनिक गर्ने गरिन्छ । हरेक महिना ३ गते नियमित पत्रकार भेटमा सूचना अधिकारी अाउने  गरेका छन् ।  मंसिर ३ गते सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराइकाे अध्यक्षतामा कार्यक्रम भयाे ।

लाङटाङ राष्ट्रिय निकुञ्जबाट १ करोड राजस्व सङकलन

लाङटाङ राष्ट्रिय निकुञ्जको कार्यालय रसुवाले कात्तिक महिनाको सुरुबाट मसान्तसम्म आइपुग्दा एक करोड १८ लाख ६३ हजार ८५ रुपैया ८४ पैसा राजश्व सङकलन गरेको छ ।

कात्तिक महिनाको एक गते सम्ममा पर्यटक ९नेपाली० पर्यटक सार्क पर्यटक विदेशी वन पैदावर ९दाउरा० बालुवा ,ढुङगा,पर्यापर्यट र दण्ड सजाय राहत रकम सहित गरि यति राजश्व उठेको निकुञ्ज का प्राविधिक रेञ्जर रमेश बस्नेतले जानकारी दिए ।

रेञ्जर बस्नेतका अनुसार कात्तिक महिनामा ९ पटक स्वीप अपरेशन खाडल निर्माण ४ वटा पर्यटक विश्राम स्थल निर्माण एउटा शौचालय निर्माण एउटा २० कि।मि। को गोरेटो बाटो निर्माण गरिएको र वन्यजन्तु अपराध नियन्त्रण ब्युरो बैठक एकपटक भएको जानकारी दिए ।

सरकारी वकिल कार्यालयका दधिराम बरालले जिल्लमा मुद्दाका संख्या र प्रगति प्रस्तुत गरे । जिल्ला सदरमुकाममा रहेका धेरै कार्याल सहभागि थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका पदाधिकारीहरू सहभगि थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय,डिभिजन वनलगायत कार्यालयका सहभागि  थिए । नेपाल पत्रकार महासंघ जिल्ला अध्यक्ष हेमनाथ खतिवडाले स्थानीय तहलगायत सदरमुकामदेखि बाहिर रहेका कार्यालयका सूचना अधिकारीहरू सहभागि गराउनुपर्नेमा जाेड् दिएका थिए ।

Comments

comments