नि:शुल्क दन्त शिविरबाट ८ सय ४० जनाकाे उपचार

164402489_820579075473641_3656274476289444020_n

सरस्वती न्याैपाने

रसुवा , ०७७ चैत्र ११ देखि १५ गतेसम्म गोसाईकण्ड गाउँ पालिकाको  वडा नं. १,२ र ३ वडा (थुमन, टिमुरे र बृद्दिम ) मा  नि:शुल्क दन्त शिविरमा ८ सय ४० जनाकाे उपचार पएका छन् ।

सक्षम सोसाइटी नेपालद्वारा सञ्चालन भएकाे उक्त शिविरबाट २०६ जनाको मुख सम्बन्धी विशेष उपचार भएको सक्षम सोसाइटी नेपालका अध्यक्ष पासाङ लामाले जानकारी दिनुभयाे । साथै पर्यटन प्रबर्द्धन तथा वातावरण संरक्षणमा टेवा पुर्याउने उद्देश्यले तामाङ हेरिटेज ट्रेलमा पर्ने विभिन्न स्थानहरुमा बृहत् सरसफाई कार्यक्रम पनि सम्पन्न समेत गरिएकाे थियाे । गरिब, बिपन्न, असहाय, अपाङ्गता भएका तथा उपचारको लागि काठमाडौसम्म जान नसक्ने दाँतको उपचारमा समस्या भएकाहरुलाई लक्षित गरेर सञ्चालन गरिएको उक्त शिविरमा सह–आयोजकको भूमिका ह्योल्मो हेल्पिङ ह्याण्डस नेपाल बौद्ध काठमाडौको थियो भने मुख्य सहयोग गोसाईकुण्ड गाउँपालिका  र काठमाडौं मोडेल अस्पताल स्कूल अफ ओरल हेल्थको रहेकाे थियाे । 164402489_820579075473641_3656274476289444020_n

Comments

comments