नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

sibir

जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटको आयोजनामा एकदिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जिल्लाको किस्पाङ-२ गोगनेस्थित कालिका आधारभूत विद्यालयमा सम्पन्न शिविरको किस्पाङ गाउपालिकाले समन्वय गरेको थियो ।

शिविरमा जिल्ला अस्पताल त्रिशुलीका डाक्टर अमित श्रेष्ठ, सुजन तामाङ, स्वस्थ्य चौकी फिकुरीका इन्चार्ज लगायतले चिकित्सासेवा प्रदान गरेका थिए ।

विशेष गरी महिला सम्बन्धि रोगको उपचार प्रभावकारी भएको भन्दै उपचारमा आउनेहरुले खुशी प्रकट गरेका थिए । शिविरमा विभिन्न रोगका करिव ३ सय ५० जनाले उपचार गराएको जनस्वास्थ्य अधिकृत राममनी घिमिरेले जानकारी दिए ।

शिविर संयोजक जनार्दन सिलवाल,  त्रिशुली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने, किस्पाङ स्वस्थ्य प्रमुख चक्र शाही, किस्पाङ वडा न २ का अध्यक्ष देवनाथ भट्ट लगायतले शिविर संचालन गर्नुको आवश्यकता र औचित्यमाथि प्रकाश पारेका थिए ।

Comments

comments