निषेध र धाेकेवाजले खस्कदै काँग्रेसकाे राजनीति

phurpa Tamang 2012

देशकाे राजनीतिमा सबैभन्दा ठूलाे दलकाे हैसियतमा नेपाली काँग्रेस रहेकाे छ।रसुवा जिल्लामा भने याे दल तेस्राे स्थानमा छ।याे अाँकडा दाेस्राे संविधान सभाकाे निर्वाचनकाे परिणाममा अाधारित हाे।यसबीच धेरै कार्यकर्ताहरु अन्य दलमा प्रवेश भइरहेकाे खबरले याे अाँकडा भन्दा अरु खस्किएकाे हुन सक्ने अनुमान गर्न सकिन्छ।किनभने यतिखेर जिल्लामा काँग्रेसकाे कुनै कार्यक्रमहरु संचालनमा छैनन्।नेकपा एमाले, एकीकृत नेकपा माअाेवादी र नयाँ शक्तिले गाउँ अभियानलाई तिब्रता दिइरहेका छन्।जसले गर्दा काँग्रेस समर्थकहरु ती दलहरुमा प्रवेश भइरहेकाे खबरहरु अाएका हुन्।


याे जिल्लामा काँग्रेसले किन जनमत तयार गर्न सकेन?
क. प्रशिक्षणकाे अभाव: काँग्रेसले अाफूलाई प्रजातान्त्रिक र पुरानाे दल भनेर भन्छन्।याे दावी सत्य पनि हाे।तर याे कुरा ग्रामीण तहका जनता र कार्यकर्ताले बुझेकै छैनन्।तिनिहरुले बुझ्न नसक्नुकाे कारण नेतृत्वले बुझाउन नसक्नुले हाे।विना प्रशिक्षण पार्टी संचालन गर्ने शैलीले गर्दा नयाँ कार्यकर्ता बढाउन सकिरहेका छैनन् भने पुराना सदस्य र कार्यकर्ताहरुले पार्टी परित्याग गर्छन्।उसाे त काँग्रेसकाे गाउँ इकाईदेखि जिल्लास्तरीय नेताहरु उमेरकाे हिसावले बृद्द, वैचारिक हिसावले पुनरताजगीकाे अभाव र संगठनकाे हिसावले काेठे राजनीतिले गर्दा युवाहरु याे पार्टी प्रति कम अाकर्षण भएकाे देखिन्छ। शुरुकै दिनदेखि बुझेर याे पार्टीमा लागेका नेता भन्दा पनि गाउँघरमा अाफूलाई मन नपर्ने व्यक्ति अन्य दलमा भएकाे कारण बाध्यताले काग्रेस भएकाे हुनाले र यस्ताे कार्यकर्तामा काँग्रेसकाे दर्शन र सिद्धान्त बारे यथेष्ट ज्ञान नहुँदा वैचारिक हिसावले काँग्रेसमा असाध्यै कमजाेर नेता-कार्यकर्ताहरु भएकाेले जनाधार क्रमश: खस्कदैं गएका हुन्।

ख. निषेध र धाेकेवाज राजनीतिक व्यवहार: हुन त हरेक दलमा नेतृत्व प्राप्तिकाे लागि अन्तरपार्टी भित्र ठूलाे संघर्ष हुन्छ।तर याे जिल्लाकाे सन्दर्भमा अरु पार्टीकाे भन्दा काँग्रेसमा बढी नै धाेकेवाज र निषेधकाे राजनीति हुँदै अाएकाे पाइन्छ।विशेषगरी अधिवेशनकाे बेला नेतृत्वमा जानकाे लागि हुने अन्तर पार्टीभित्रकाे प्रतिस्पर्धालाई पनि विपक्षी दलसंगकाे प्रतिस्पर्धालाई झैं लिएर गरिने राजनीतिक व्यवहार डर लाग्दाे छ।याे रिस संसदीय र स्थानीय निर्वाचनकाे बेला उम्मेदवारकाे टिकट सिफारिस गर्ने देखि टिकट प्राप्ति पश्चात् चुनावी मैदानमा उत्रिँदा अाफ्नाे उम्मेदवारलाई नै हराउन लागिपरेकाे, धाेका दिएकाे र विपक्षीलाई जिताउन पैसा लिने मात्र नभएर खर्च समेत दिएकाे अाराेप ०५६ मा डीबी लामा उम्मेद्वार भएकाे बाहेक दाेस्राे संविधानसभाकाे निर्वाचनसम्मकाे गुनासाे यही नै हाे।

उदाहरणकाे लागि १२ अाैं महाधिवेशनकाे लागि भएकाे जिल्ला अधिवेशनमा उपेन्द्र लम्साल सभापतिकाे उम्मेद्वार बनेर हारेकाे थियाे।उनकाे नाम दाेस्राे संविधान सभाकाे निर्वाचनमा समानपातिक र प्रत्यक्षतर्फकाे उम्मेदवारकाे लागि नाम सिफारिस गरिएन।जिल्लाबाट सभापति लामाकार्पलेु तमाङले प्रत्यक्षतर्फकाे उम्मेदवारमा अाफ्नाे मात्र नाम सिफारिस गरेर केन्द्रमा पठायाे।समानुपातिकतर्फ कसैकाे नाम सिफारिस गरेर पठाउन सभापतिले मानेन।ठूलाे संघर्षबाट प्राप्त भएकाे समावेशी समानुपातिक प्रतिनिधित्वकाे सिद्दान्तलाई एउटा प्रजातान्त्रिक दलका नेतृत्वले नै उपहास गरिदियाे। निषेधकाे राजनीतिले गर्दा संगठन बिस्तारमा कमजाेर बनायाे।

ग. पैसा र मुढेबलकाे हावी: पहिलाे, दाेस्राे संविधानसभाकाे चुनावले मात्र हाेइन १३ अाैं महाधिवेशनकाे लागि भएकाे जिल्ला अधिवेशनमा भएकाे खर्चलाई हेर्दा अब पैसा नहुने र बल नभएकाहरुले काँग्रेसमा बसेर राजनीति नगरे हुने रहेछ भनेर विश्लेषण गरेका छन्।अाफ्नै साथीभाइबीच कुटाकुट हुन्छन्।ज्यान जाेगाउनै मुश्किल। अधिवेशनमा हार्ने पक्षकाे ३० लाख भन्दा बढी र जित्ने पक्षकाे कराेडाैं खर्च भएकाे अनुमान छ।सयाैं युवालाई महिनाैं गाडीमा र माेटरसाइकलमा अाेसार-पसार, खाने, बस्ने र माेबाइल रिचार्जकाे व्यवस्था गरिदिनु पर्ने। यस्ताे स्थितिमा विचार, अास्था, दर्शन, सिद्दान्त, सक्षम र इमान्दार व्यक्ति कसरी चुनिएला? यसरी चुनिएकाले इमान्दार भएर समाज र देशकाे लागि कसरी राजनीति गर्ला? यसकारण धेरै कार्यकर्ताहरु काँग्रेसकाे चुनावी माहाेलबाट त्रसित भई या त तटस्थ बस्न चाहन्छन् या पलायन।अनि पार्टी कसरी बलियाे हुन्छ? कमजाेर पार्टीमा बलियाे अास्था भएका बाहेक काे टिकिरहन सक्छ?

घ. निष्कर्ष: याे जिल्लामा काँग्रेसकाे भविष्य १३ अाैं महाधिवेशन पछि थप अँध्याराेतर्फ धकेलिएकाे छ।
पैसा खर्च गरेर मुश्किलले अधिवेशनमा एउटा पक्षले जितेकाे अवस्थालाई तत्काल सुधार गर्न सक्ने देखिन्न।किनभने विजय भएका समूहले १२ अाैं महाधिवेशन देखि नै हार्ने समूहलाई निषेधकाे राजनीतिक व्यवहार गर्दै अाएकाे थियाे।गत माघमा जिल्ला अधिवेशन सम्पन्न भएबाट हालसम्म कुनै अाैपचारिक तथा अनाैपचारिक कार्यक्रम मार्फत पार्टीमा चुनाव हारेका पक्षलाई समेटेर अघि बढ्ने संकेतसम्म गरेकाे छैन। अर्काे तर्फ पहिलाे स्थानमा रहेकाे नेकपा एमालेकाे दुई जना सभासदहरु गाउँ अधिवेशन गर्दै घरदैलाे कार्यक्रम गरेर मतदाताकाे मन जित्ने अभियानमा देखिन्छन्।एकीकृत माअाेवादी पनि गाउँगाउँमा अधिवेशन गर्दै हिँडिरहेका छन्।नयाँ शक्तिले १८ गाविसमा नै संगठन विस्तार गरेर अाक्रमक ढंगले अघि बढिरहेकाे देखिन्छ।काँग्रेसकाे दुई समूहमध्ये अधिवेशनमा जित्ने पक्ष गमक्क परेर बसिरहेका छन्।ऊ घमण्डले फुलेकाे छ।हार्ने समूह जित्ने समूह अब कसरी अघि बढ्छ? त्याे हेरेर बसिरहेका छन्।के यस्ताे स्थितिमा काँग्रेसकाे राजनीतिक भविष्य उज्यालाे भन्न सकिएला त ?

Comments

comments