नेकपा एमालेकाे कार्यालय धुन्चेमा खुल्याे

158891607_3509322409177637_8754671386267667048_n

रसुवा , नेपाल कम्युनिस्ट पार्टी (एमाले) आफ्नो कार्यालयमा बोर्ड राखेको छ । केही वर्ष अगाडि सदरमुकाम धुन्चेमा निर्माण गरिएको भवनमा एमालेले बिहीबार बोर्ड राखेको हो । नेकपा एमाले रसुवाका अध्यक्ष कर्णेल लामाले पार्टी कार्यालयको उद्घाटन गर्नुका साथै पार्टीको बोर्ड राखेका छन् ।

एमाले र माओवादी (केन्द्र) एकीकरण भएपछि उक्त कार्यालय सञ्चालनमा आएको थिएन । सर्वोच्च अदालतको फैसलासँगै पार्टीले आफ्नै भवन सञ्चालनमा ल्याएको हो । लामा एकता अघि पनि नेकपा एमाले अध्यक्ष थिए भने नेकपामा पनि अध्यक्ष नै यथावत थिए । पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीका आगामी गतिविधिलाई थप सक्रिय बनाइने बताए । उता माधव प्रचण्ड पक्षले पनि कालिकास्थान स्थित घुम्ती बजारमा पार्टी कार्यालय सञ्चालन गरेका छन् । यस अघि नेकपाकाे कार्यालय घुम्तीमा रहेकाे थियाे ।158891607_3509322409177637_8754671386267667048_n

Comments

comments