नेकपा एमालेको रसुवाकाे अधिवेशन सकियाे अध्यक्षमा पुनः कर्णेल लामा सर्वसम्वत

NCP UML

रसुवा , नेकपा एमाले रसुवाको ८ औं जिल्ला अधिवेशन सम्पन्न भएकाे छ ।  शनिबार साँझ धुन्चेमा सुरू भएकाे बन्द सत्रबाट  अध्यक्षमा कर्णेल लामा सर्वसम्वत चयन भए ।  उपाध्यक्षमा डिल्ली सुवेदी, सचिवमा जनार्दन ढकाल, सहसचिवमा कैसाङनुर्पू तामाङ र बेली बुलुन निर्विरोध चयन भएका हुन् ।

271301884_3032384807077423_3259509436923775054_n

नयाँ नेतृत्व चयनका लागि ५ सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो । पार्टी केन्द्रीय सदस्य  माधवप्रसाद अर्यालको संयोजकत्वमा जिल्ला नेताहरू क्रमश छोवाङतेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहेकाे निर्वाचन मण्डलले ९० जना रहेकाे जिल्ला कमिटी घाेषणा गरेका थिए ।

 अध्यक्षका पदका लागि कर्णेल लामा र अशोक कुमार घिमिरेलेकाे दाबी रहेपनि  राति अबेरसम्म भएको छलफलमा घिमिरेले सहमत भएपछि लामा निर्विरोध चयन भएका छन् । जिल्लाभरिबाट ५ सय ५६ जना प्रतिनिधि बन्द सत्रमा भाग लिएका थिए । बिधान अनुसार ९९ सदस्य  रहने प्रावधान छ ।  १० प्रतिसत मनाेनित गर्नुपने र गाउँपालिका कमिटीका अध्यक्ष स्वत: पदेन सदस्य हुने व्यवस्था रहेकाे छ ।271171224_3032384870410750_1034143103493141362_n