रसुवा , शुक्रबार धुन्चेमा प्रारम्भ हुने नेकपा एमालेकाे ८ औं जिल्ला अधिवेशन तयारी भएकाे छ । अधिवेशन तयारीका क्रममा मञ्च तथा अन्य तयारीकाे काम पूरा भएकाे नेकपा एमाले अधिवेशन आयाेजक कमिटीले जनाएकाे छ ।
अधिवेशनकाे प्रचार प्रसार तथा प्रतिनिधिहरूकाे अन्तिम नामवली तयार भएकाे छ भने अधिवेशनका लागि नेताहरू जिल्लामा जुट्न थालेका छन् । पाँच गाउँपालिका र वडा कमिटीबाट संगठित सदस्यहरू २० जना वरावर १ जना र बिभिन्न २२ वटा जनवर्गिय संगठनबाट समेत गरी ७ सय बढि प्रतिनिधिले बन्द सत्रमा भाग लिने छन् । उद्घाटन सत्रका लागि मञ्च र बन्द सत्रका लागि समेत तयारी भएकाे पार्टी प्रचर बिभाग प्रमुख पेम्पा तामाङले बताउनुभयाे । २३ गते उद्घाटनमा स्थानीयकाे उल्लेख्य सहभागिता रहने अधिवेशनकाे बन्द सत्र २४ गतेदेखि सुरू हुने छ ।
Related Posts
- युवा नेता थोक्रालाई रिहा गर्न माग
- नेकपा (एमाले) रसुवाले पाँचै गाउँपालिकामा उम्मेदवार टुंगो लगायाे
- बुद्धिजिवी परिषद रसुवाकाे अधिबेशन सम्पन्न
- शान्तिपूर्ण धर्नामा बसेको वन अधिकारकर्मीलाइ बलपूर्वक गिरफ्तार गरिएको घटना प्रति सर्बत्र खेद प्रकट
- नेपाली कांग्रेस रसुवाकाे सभापतिमा पुन: पेम्बाछिरिङ तामाङ
- एमाले १०औं राष्ट्रिय महाधिवेशनका लागि रसुवाबाट सात जना प्रतिनिधी छानिए