नेकपा एमाले जिल्ला अधिबेशन पुस २३ गते

269228092_299679495266586_5857714363646378478_n

रसुवा , नेकपा एमाले रसुवाकाे आठौं जिल्ला अधिबेशन आयोजक कमिटी भेला तथा बिस्तारित बैठकपछि आठौं जिल्ला अधिबेशन पुस २३ गते धुन्चेमा हुने जानकारी दिइएकाे छ । 269228092_299679495266586_5857714363646378478_n

आठौं जिल्ला अधिबेशन आयोजक कमिटी भेला तथा बिस्तारित बैठकमा प्रमुख अतिथी नेकपा एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज माधवप्रसाद अर्याल, बिशेष अतिथी प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे,  पार्टी जिल्ला कमिटी अध्यक्ष कर्न्याल लामा, जिल्ला नेता जनार्दन ढकाललगायतले अधिबेशन तयारी तथा प्रतिनिधी छनौट र कार्य बिभाजन सन्दर्भमा आफ्नो धारणा राख्नुभयो ।

वडा तथा गाउँपालिकाबाट २० संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनाेट गरिने भएकाे छ । अधिबेशनका लागि कार्यबिभाजन समेत गरी नेकपा एमालेकाे आठौं जिल्ला अधिबेशन  भब्य रूपमा सफल पार्न सबै तहगत कमिटीमा  छलफल गरी प्रतिनिधि छनाेट गरी गाउँ गाउँमा प्रचार प्रसार गर्न तयारीका जिम्मेबारी समेत दिएकाे नेकपा एमाले आठौं जिल्ला अधिबेशन आयोजक कमिटीका सह सचिव डिल्ली सुवेदीले बताए ।

 

 

Comments

comments