नेकपा एमाले रसुवाकाे ८ औं जिल्ला अधिवेशन उद्घाटन

cpnuml

रसुवा, नेकपा  एमालेकाे रसुवाकाे ८ औं जिल्ला अधिवेशन उद्घाटन ०७८ पुस २३ गते धुन्चेमा सम्पन्न भयाे । प्रमुख अतिथि तथा पार्टी केन्द्रीय नेता महेन्द्रबहादुर  पाण्डेले नेकपा एमालेले देशकाे विकासमा लागेकाेले समृद्ध नेपाल सुखी नेपाली नारा सार्थक हुने बताउँनुभयाे ।

नेकपा एमाले प्रति युवाहरूकाे क्रेज बढेकाेले  उहाँले सवै कार्यकर्ता एक भएर लाग्न अनुराेध गर्नुभयाे । उहाँले देश विकासका लागि नेकपा एमालेले सरकारले गरेकाे याेगदान र विकासकाे चर्चा गर्नुभयाे । कार्यक्रममा पार्टी कार्यकर्ताकाे उत्साह जनक सहभागिता रहेकाे थियाे ।

नेकपा एमाले केन्द्रीय नेता माधव अर्याल , प्रदेश कमिटी नेताहरूलगायत जिल्ला कमिटीका नेताहरूले सम्बाेधन गरेका थिए । उद्घान समाराेह पछि भाेली हुने बन्द सत्रका लागि ५ सय ५६ जना प्रतिनिधि सहभागी हुनेछन् । पार्टी अध्यक्षका लागि कर्न्याल लामा र अशाेक घिमिरे बीच प्रतिष्पर्धा हुने जनाइएकाे छ । पार्टी अध्यक्षका लागि जनार्दन ढकाल, पूर्व अध्यक्ष छाेवाङतेन्जिङ तामाङ पनि अध्यक्षका लागि भिड्ने सम्भावना रहेकाे छ ।  जिल्ला नेतृत्वका लागि सहमतिकाे  प्रयास जारी रहेकाे नेकपा एमालेलले जनाएकाे छ । सहमति नभएमा भाेलीकाे बन्दसत्र पछि हुने मतदानबाट नेतृत्व चयन हुने छ ।

Comments

comments