नेकपा (एमाले) रसुवाले पाँचै गाउँपालिकामा उम्मेदवार टुंगो लगायाे

278601523_701828250966217_4359603946129239981_n

रसुवा, वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले) रसुवाले पाँचवटै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्ष पदका उम्मेदवारहरु टुंगो लगाएको छ । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एमाले रसुवाले शुक्रबार उम्मेदवार टुंगो लगाएको  नेकपा (एमाले)  रसुवाका सचिव जर्नादन ढकालले जानकारी दिए ।

278601523_701828250966217_4359603946129239981_n

नेकपा (एमाले) रसुवाका अनुसार उत्तरगया गाउँपालिका अध्यक्षमा माधवप्रसाद अर्याल, उपाध्यक्ष चमेली गुरुङ, कालिका गाउँपालिका अध्यक्षमा कमलनाथ आचार्य र उपाध्यक्ष अम्बिका भट्ट पौडेललाई उम्मेदवार बनाइएको छ । यस्तै नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा र उपाध्यक्ष चन्द्रबहादुर तामाङ, गोसाइँकुण्ड गाउँपालिका अध्यक्षमा कैसाङनुर्पू तामाङ र उपाध्यक्ष प्रतिमा तामाङ, आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेम्ब्रेल तामाङ र उपाध्यक्षमा नविना लामा रहेको नेता ढकालले जनाए । अर्याल  नेकपा (एमाले) केन्द्रीय सदस्य हुन् । चमेली गुरूङ यसअघि पनि उपाध्यक्ष थिइन भने कैसाङ भने यसअघि पनि अध्यक्ष र सिर्जना र नविना उपाध्यक्ष जितेका थिए । कालिका गाउँपािलकामा भने अध्यक्ष तथा उपाध्यक्षमा नयाँ अनुहारका युवा छन् ।

उता नेकपा माओवादी केन्द्रले भने कालिका गाउँपालिकामा साेम तामाङ अध्यक्षकाे उम्मेदवार टुंगो लगाएको छ । जिल्लामा सत्तारुढ गठबन्धन दलबीच चुनावी तालमेल गर्ने विषयमा अझै सहमति जुट्न सकेको छैन । कालिका गाउँपालिका लगायत जिल्लाभर गठबन्धनका लागि पटक पटक गठबन्धन आबद्ध दलहरुले चुनावी तालमेल गर्ने विषयमा छलफल गरेका थिए । तर छलफलमा कुनै सहमति जुट्न नसकेको गठबन्धनका नेताहरुले बताएका छन् ।

278860667_382655360221622_8984233107828146495_n278653241_428306182389504_8697605649673012197_n