नेकपा जिल्ला नेताहरूले सपथ लिए

Ncp (1)

रसुवा ,नेकपा जिल्ला कमिटीका नेताहरू सपथ ग्रहणमा जेठ १६ गते सदरमुकाम धुन्चेमा सम्पन्न भयाे ।  नेकपाको प्रदेश ३ इन्चार्ज अष्टलक्ष्मी शाक्यले सपथ गराएसँगै नेकपा रसुवाले पूर्णता पाएको नेकपा रसुवाका अध्यक्ष कर्न्याल तामाङले जानकारी दिनुभयाे ।

पूर्व एमालेका र पूर्व माओवादी केन्द्रका गरी १ सय ३५ सदस्यीय जिल्ला कमिटी निर्माण भएको छ । सपथमा केही नेताहरु भने उपस्थित भएनन् । पहिलो बैठक बसेर सपथ गराउन बाँकी रहेका दुई वटा गाउँपालिका र ६ वटा वडामा असार १० गतेभित्र सपथ ग्रहण गराउने निर्णय भएको नेकपा जिल्ला सचिब इन्द्र गाैतम जगतजंङले बताउनुभयाे ।  त्यस्तै पूर्व माओवादी र एमालेको सम्पती एकीकरण गरी नेकपा रसुवाको नाममा बैक खाता खोल्ने निर्णय समेत भएको छ । पार्टी एकीकरणको लामो समयपछि जिल्लाले सिफारिस गरी पठाएको १३५ सदस्य रहेकाे जिल्ला कमिटी र ४५ सदस्सीय जिल्ला सचिवालय सदस्यहरूको नाम नेकपाको ३ नम्बर प्रदेश कमिटीले अनुमोदन गरे पछि पछि सपथ ग्रहण गराइएकाे हाे । कार्यक्रममा केन्द्र, प्रदेश तथा जिल्ला नेताहरू सहभागी थिए ।

Comments

comments