नेकपा तथा संबिधानसभा सदस्यद्वारा राहत सामग्री हस्तान्तरण

93227001_10220869342459286_101369186759999488_n

रसुवा, विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) प्रभावितका लागि नेपाल कम्युनिष्ट पार्टी तथा संबिधान सभासदस्य जनार्दन ढकालले जिल्ला विपद् व्यवस्थापन समितिमा राहत सामग्री हस्तान्तरण गर्नुभयाे ।

मुलुकभर स्वास्थ्य सामाग्रीको अभाव बढिरहेका बेला पार्टीले जिल्ला विपद व्यवस्थापन समितिमार्फत पीपीई, सर्जिकल मास्क, पञ्जा, खाद्यान्नलगायतका सामाग्री सहयोग गरेको हो । 93273950_10220869343539313_7203647267725639680_n (1)

जिल्ला प्रशासन कार्यालय धुन्चेमा ०७७ बैशाख २ गते नेकपा अध्यक्ष कन्र्याल लामा र संबिधानसभा सदस्य जनार्दन ढकालले संयुक्त रुपमा राहत सामग्री प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद व्यवस्थापन समितिका संयोजक अर्जुन भण्डारीलाई हस्तान्तरण गर्नुभयो । विश्वमा नै महामारी भईरहेको अवस्थामा नेपाल सरकारले जारी गरेको लकडाउनबाट जिल्ला भित्र विभिन्न मजदुरहरूलाई पार्टीको धारणा अनुसार राहतलगाएत स्वास्थ्य सामाग्रीहरू साथमा हस्तान्तरण गरिएकाे पत्रमा उल्लेख छ ।

नेकपाका तर्फबाट अध्यक्ष लामाले सर्जिकल माक्स ९ हजार थान र ग्लोभ्स् २ हजार थान तथा संबिधानसभा सदस्य जनार्दन ढकालले ब्यक्तिगत रुपमा जिरा मसिनो चामल ४ सय बोरा, पिपिई १५ सेट, ह्याण्ड सेनिटाइजर १६९ बोत्तल हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिव ईन्द्र गोतम जगजंङ्गले कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट बच्न नेपालले गरेको लकडाउन अनुकरणीय रहेको र अझ कडाइका साथ सरकारको निर्णय पालना गरी घरमै सुरक्षित तवरले बस्नुपर्ने बताउँदै लकडाउनको उलंगन गरी केहीले गाउँमा भिडभाड जम्मा गरेर राहत बितरण गरेको बेठिक भएको बताउँनुभयो । उहाँले सवैलाई लकडाउनको पालना गरी कोरोना भाइरससँग लडन समेत अनुरोध गर्नुभयो ।93227001_10220869342459286_101369186759999488_n

राहत सामग्री बुझेर समन्यायिक, समानुपातिक तवरले पारदर्शी र विश्वासनिय ढंगबाट बितरण गरिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।  नेपाल सरकारले राहतमा एकद्धार नीति अनुरुप लकडाउनको पालना गरी यसरी राहत बितरण स्थानीय सरकार तथा वडावडामा हुने विपद व्यवस्थापन समितिमार्फत भिडभाड नगरी बितरण गर्नु पर्ने जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताउँनुभयो । उहाँले जनप्रतिनिधी लकडाउनको पूर्ण पालना गरी जनतालाई सुरक्षित गर्नुको विकल्प नरहेको बताउनुभयो । राहत हस्तान्तरणमा संबिधानसभा सदस्य छोवाङतेन्जिङ तामाङ, गोसाइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पू तामाङ, कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारी पौडेल, सुरक्षा निकायका प्रमुखहरू सहभागी हुनुहुन्थ्यो ।93227001_10220869342459286_101369186759999488_n (1)

Comments

comments