नेकपा फुट्याे, प्रधानमन्त्री पक्षधरकाे केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा

रसुवा, पुर्व एमाले र पूर्व माअाेवादी मिलेर घाेषणा भएकाे नेपाल कम्युनिष्ट पार्टीको अन्तत  गुटफुटका कारण बिभाजनमा लागेकाे छ । प्रधानमन्त्री केपी शर्मा ओली  पक्षधरकाे छुट्टै केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा भएकाे छ जसमा रसुवाबाट ५ जना समावेश छन् ।

केन्द्रीय प्रधानमन्त्री पक्षधरकाे केन्द्रीय महाधिवेशन आयोजक कमिटीका सदस्यमा रसुवाका पाँच जना  छन् । संविधान सभा सदस्यहरू जनार्दन ढकाल,  छोवाङतेन्जिन तामाङ, जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्ट , प्रदेश सभा सदस्य शान्ति थिङ  र अशोक कुमार घिमिरे रहेका छन् । पाँचै जना रसुवामा पूर्व एमालेका नेता हुन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले १ हजार १ सय ९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् । नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५ सय ५६ जना थप गर्ने गरी सोमबार नै मनोनयन गरेका थिए । वर्तमान केन्द्रीय कमिटीका ४ सय ४७ जना, मनोनित गरिएका ५ सय ५६ जना रहेका छन् । त्यसमा रिक्त १ सय ९६ जना पछि थप गर्ने थापाले बताउनुभयाे ।

Comments

comments