नेकपा रसुवाका अध्यक्षमा लामा र सचिव गाैतम

Karnel & indra

रसुवा  , वैशाख १० गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाकाे अध्यक्षमा    कर्न्याल लामा र सचिवमा इन्द्र गाैतम भएका छन्  ।

नेकपाको केन्द्रीय मापदण्ड अनुसार रसुवाका जिल्ला पूर्व एमालेलाई अध्यक्ष र पूर्व माओवादीलाई सचिव पद परेको थियो । अध्यक्ष लामा तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष र सचिव र गाैतम भने पूर्व माओवादी केन्द्रका अध्यक्ष थिए । नेकपाले एकता भएको ११ महिनापछि ७७ वटै जिल्ला अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।

आइतबार साँझ सचिवालय बैठकले नयाँ मापदण्ड तय गरेसँगै जिल्लाका पदाधिकारी चयन भएका हुन् । यसअघि जिल्लाबाट सचिवमा सिफारिस भएका तत्कालीन माओवादी केन्द्रका बरिष्ठ उपाध्यक्ष माधव लामिछाने समिरको ठाउँमा गोतामे सचिव बनेका हुन् ।

नेकपा रसुवाले सर्वसम्मत रुपमा अध्यक्ष र सचिवको नाम सिफारिस गरेर अनुमोदनका लागि प्रदेशमा पठाएको थियो । तर, केन्द्रले एकताको नयाँ मापदण्ड बनाएपछि लामिछानेको स्थानमा गोतामे सचिव बनेका हुन् ।

Comments

comments