नेकपा विप्लव समूहका नेता विरही प्रहरी नियन्त्रणमा

Anil-Sharma_birahi-400x375
नेकपा विप्लव समूहका नेता अनिल शर्मा विरही प्रहरी नियन्त्रणमा परेका छन् । लकडाउनपछि रत्ननगर–५, झुवानीस्थित घरमै रहेको अवस्थामा आज बिहान लडेको र घरबाट भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेजमा उपचारको क्रममा घाइते बिरामीको विवरण लिने क्रममा विरही रहेको थाहा भएको थियो ।
विरही पार्टीका पोलिटब्युरो सदस्य हुन् । मेडिकल कलेजमा रहेको प्रहरीले घाइतेको विवरण जिल्लामा दिएपछि घुमुवा प्रहरी गई थप बुझेको थियो । प्रहरी स्रोतका अनुसार अहिले जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकले घटनाबारे थप जानकारी लिइरहेका छन् ।

Comments

comments