नेपालको नयाँ नक्सा सार्वजनिक

Nepal_1M Map

नेपाल सरकारले नेपालको नयाँ नक्सा सार्वजनिक गरेको छ । भूमि व्यवस्थमन्त्री पद्मा अर्यालले बुधबार आयोजित पत्रकार सम्मेलनमा नेपालकाे नयाँ नक्शा सार्वजनिक गरेकी हुन् । नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको छ ।

यस अघिको नक्सामा गुञ्जी, नाबी कुटीलगायतका क्षेत्र छुटेकाले त्यसलाई समावेश गरेन नयाँ नक्सा सार्वजनिक गरिएको मन्त्री अर्यालले बत्रकार सम्मेलनमा जानकारी दिनुभयाे । नेपालको नयाँ नक्साको विषयलाई भारतले पनि सकारात्मक रुपमा लिने विश्वास व्यक्त गर्दै अब सरकारी दस्तावेज र ठ्यपुस्तकहरुम नयाँ संस्करणको नेपाली नक्सा नै प्रचलनमा ल्याउने मन्त्री अर्यालले बताउनुभयाे । उहाँले सर्वसाधारणलाई पनि नयाँ संस्करणकै नक्सा प्रयोग गर्न उनले आग्रह गर्नुभएकाे छ ।

सार्वजनिक भएकाे नयाँ नक्शाकाे तस्वीर ः

Nepal_1M Map

Comments

comments