नेपालभर मनसुनी वायुको प्रभाव, वर्षा भइरहने

chatyan-1

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गरेको छ ।

विभागले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालभर मनसुनी वायु को प्रभाव छ । साथै मनसूनी न्युन चापीय रेखा नेपालको तराई भूभाग बाट केहि दक्षिण तिर सरेको छ ।  साथै, अहिले देशभर आँशिकदेखि  सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको पूर्वानुमानमा उल्लेख छ ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा मंगलबार दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । त्यस्त, आज राति देशभर सामान्य बदली रही केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बिभागका अनुसार प्रदेश ५, कर्णाली प्रदेशका र सुदुर पश्चिम प्रदेशका  एक/दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमानमा उल्लेख छ ।

Comments

comments