नेपालमा आज ७ सय ४३ जनामा कोरोना कुल ३२ हजार नाघ्याे

Rapid-Corona-Test

पछिल्लो २४ घन्टामा नेपालमा थप ७४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।  देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३२ हजार ७६८ जना पुगेको छ। त्यसै गरी पछिल्लो २४ घन्टामा आठ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ सय ५७ पुगेको छ। पाँच वटा जिल्लाका पाँच पुरुष र तीन महिला गरी आठ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र चार जना संक्रमितको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयाे ।

सुनसरीका ६८ वर्षीय पुरुष, मोरङमा ६२ वर्षीय पुरुष, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला र रुपन्देहीका ६७ वर्षीया महिला, ३८, ५३ र ५४ वर्षीय पुरुष गरी आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसअघि आइतबार तीन जना कोरोना संक्रमितको मृत्यु भएको थियो।

काठमाडौं उपत्यकामा  मात्र आज २२४ जना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा थप १७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार ८०६ उपचारपछि निको भएका छन्। नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

Comments

comments