नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुग्याे

Rapid-Corona-Test

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार साँझसम्म देशभर कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको छ। गत २४ घण्टामा १ सय ८० थपिएसँगै संक्रमितको संख्या १५ हजार ९ सय ६४ पुगेको हो।

साेमबार बाग्लुङ जिल्ला नेशीखोलाका गाउँपालिका-३ का २९ वर्षीय पुरुषको मृत्यु भएसँगै संक्रमितको संख्या ३५ पुगेको प्रवक्ता डा जागेश्वर गौतमले बताए । मन्त्रालयका अनुसार उनी ढोरपाटन गाउँपालिकाको क्वारेन्टाइमा रहेका थिए । उनको मृत्यु असार २१ गते भएको हो । उनी भारतबाट क्षयरोगको उपचार गराएर फर्किएका थिए ।

२ सय बढी कोरोना संक्रमित भेटिएको जिल्ला २८ वटा पुगेको छ। सबैभन्दा धेरै संक्रमित १ हजार ४ सय २९ जना रौतहटमा भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हालसम्म नेपालमा १५ हजर ९ सय ६४ जना संक्रमित भएका छन् भने ६ हजार ८ सय ११ जना उपचार पछि निकाे भएर घर फर्केका छन् ।

कुन जिल्लामा कति संक्रमित भेटिए ? स्वास्थ्य खबर अनलाइनमा छ । 


२ सयभन्दा बढी संक्रमित भेटिएका जिल्ला 

रौतहट – १४३२
कैलाली – ८६४
दैलेख – ८०४
कपिलवस्तु – ७५५
महोत्तरी – ७४६
सर्लाही – ६८७
दाङ – ६२८
डोटी – ५५६
अछाम – ५८७
बाजुरा – ५५९
पाल्पा – ५४२
धनुषा – ४८२
कञ्चनपुर – ४२९
सुर्खेत – ४०९
रुपन्देही – ३२०
बाँके – ३७७
गुल्मी – ३५०
डडेल्धुरा – २७२
अर्घाखाँची – ३३०
झापा – २८५
सप्तरी – ३११
प्युठान – ३२७
बैतडी – २६१
नवलपरासी पूर्व – २८४
सल्यान – २३६
सिरहा – २३२
स्याङजा – २०३
बागलुङ – २१०

५० देखि २ सय संक्रमित भेटिएका जिल्ला
पर्सा – १६६
बर्दिया – १९१
मोरङ – १७७
बारा – १२८
धादिङ – १३१
सुनसरी – ९४
नवलपरासी पश्चिम – १०९
तनहुँ – १४०
उदयपुर – ७७
गोरखा – १०६
पर्वत – ९१
बझाङ – १४६
चितवन – ८९
काठमाडौं – १६१
कास्की – ६५
कालिकोट – ५३
सिन्धुपाल्चोक – ५३
लमजुङ – ६१

१ देखि ५० जना संक्रमित भेटिएका जिल्ला
जुम्ला – ४०
रामेछाप – ३१
मकवानपुर – २४
दार्चुला – १७
नुवाकोट – २३
जाजरकोट – १४
सिन्धुली – १४
धनकुटा – ९
भक्तपुर – ३९
भोजपुर – ६
ललितपुर – ३९
म्याग्दी – २१
ताप्लेजुङ – ११
रुकुम पूर्व – ४
तेह्रथुम – ३
पाँचथर –५
दोलखा – ८
संखुवासभा – ६
इलाम – १४
हुम्ला – २
मुगु – २
डोल्पा – ४
रुकुम पश्चिम – १६
सोलुखुम्बु – १
खोटाङ – १४
मनाङ – १
रोल्पा – ५०
काभ्रेपलाञ्चोक – १३
मुस्ताङ – १
ओखलढुंगा – ६
रसुवा – १०

Comments

comments