नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७

Rapid-Corona-Test

नेपालमा एकै दिन १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७ पुगेको छ । ६ वटा जिल्लाका १ महिला र ९ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि शनिबार नेपालमा ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो  । पछिल्लो २४ घण्टामा देशभर १५७३  जना कोरोना संक्रमित पुष्टि भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना जाँचमध्ये १५७३ जनामा संक्रमण देखिएको हो। यो सँगै संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ। २४ घण्टामा ८८५ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ। देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ। उता रसुवा जिल्लामा पनि एक जन संक्रमित रहेका छन् । सालासुङगी जलविद्युत अायाेजनामा कार्यरत बर्दियाका मजदुरमा संक्रमण भेटिएपछि उनलाइ अाइतबार धुन्चे ल्याइएकाे छ । रसुवामा ९ सय १८ जनाकाे पिसिअार परीक्षण भयाे भने २१ जनाकाे पाेजेटिभ भेटिएकाे स्वास्थ्य कार्यालयले जनाएकाे छ ।

 

Comments

comments