नेपालमा सामाजिक न्यायकाे मुद्दा सामुहिक रुपमा उठाउनु पर्ने माग

152505697_448042819795924_5443633658737094362_n

सामाजिक न्यायकाे विषय अब नेपालमा सामुहिक रुपमा उठाउनु पर्ने अवस्था आएको एक कार्यक्रमका सहभागीले जाेड दिएका छन ।अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा काठमाडौमा आयाेजित कार्यक्रमका सहभागीहरूले यस्तो कुरा उठाएका हुन ।

मानव अधिकार तथा अन्य विभिन्न अधिकारकाे क्षेत्रमा क्रियाशील १८ वटा सामाजिक संघसंस्थाले आयाेजना गरेको नेपालमा सामाजिक न्याय सम्बन्धि अन्तरसंवाद कार्यक्रममा याे विषयमा व्यापक अन्तरक्रिया तथा छलफल भएको थियो । नेपालमा सामाजिक न्यायकाे विषयमा विगतदेखि वकालत गर्दै आएका विश्वभक्त दुलाल (आहुति) ले उक्त कार्यक्रम एक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमा डाक्टर उद्वव कार्की र अधिवक्ता शान्ति देवी खनाल टिप्पणीकर्ताकाे रुपमा रहेका थिए । कार्यपत्र प्रस्तुतकर्ता आहुतिले नेपाली समाजमा अन्यायका मुद्दाहरू र तिनको स्राेत ,जात व्यवस्था ,पितृसत्तावाद,जातीय उत्पीडन,धार्मिक उत्पीडन,क्षेत्रीय उत्पीडन,वर्गीय उत्पीडन,सामाजिक न्यायको निम्ति प्रयत्न र आजको स्थिति ,आदि विषयहरू समेटेका थिए । टिप्पणी कर्ता र सहभागीहरू नेपालकाे संविधानमा सामाजिक न्याय सम्बन्धि गरिएका व्यवस्थाहरू प्रयाप्त नभएको र भएका व्यवस्थाहरूकाे ब्यवहारिक रुपमा कार्यन्वयन नभएको कुरा उठाए ।152439582_1145363795965894_6227795473127243577_n

अब नेपालमा एक्लाएक्लै भन्दा पनि सामाजिक न्यायकाे बिषय सामुहिक रुपमा उठाउनुपर्ने उनीहरूकाे धारणा थियो । यी मुद्दाहरु संयुक्त रुपमा उठाए मात्रै राज्यले सुन्छ कि भन्ने आशा हाे अपांगता समुदायकि अधिकारकर्मी मिना पाैडेले भनिन् । यस्तै कार्यक्रममा प्रतिनिधि मुलक ढंगले निलहिरा समाजबाट मनाेरञ्जन वैद्य,मुसलिम समूदायबाट डाक्टर समिम अहमद ,बाैद्व धर्मावलम्बीबाट बसन्त महर्जन र इसाई समुदायबाट समीर अधिकारीले पनि सामाजिक न्यायकाे नेपालकाे अवस्था बारे कुरा राखेका थिए ।कार्यक्रमकाे सहजीकरण साेच नेपालका महासचिव अर्जुन परियारले गरेका थिए भने कार्यक्रम संचालन फ्रिडम फर अल नेपाल (फान ) नेपालका महासचिव खगेन्द्र ओलीले गरेका थिए । उक्त कार्यक्रमकाे निष्कर्षलाई आयाेजकले प्रधानमन्त्री,तथा विभिन्न सराेकारवाला निकाय समक्ष बुझाउने तयारी गरेको छ । बुझाउने बताएको छ । यस अगाडि आयाेजक संस्थाहरूले गएको फागुन ८ गते अन्तर्राष्ट्रिय सामाजिक न्याय दिवसको अवसरमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरेर मनाएका थिए । कार्यक्रममा फ्रीडम फर अल नेपाल(फान) ,सोच नेपाल युथ एड्भोकेसी नेपाल,छुवाछूत विरुद्धको विश्व संजाल, एड्भोकेसी फोरम, निलहिरा समाज,अपाङ्गता महिला संघ नेपाल,ग्लोबल पिस फाउन्डेसन,महिला सुरक्षा दबाब समूह,मुस्लिम महिला कल्याण समाज,आडवान नेपाल,डानर नेपाल कोक्याप नेपाल, हुमन राईट फिलिम सेन्टर, युथ एक्सन नेपाल ,साइन नेपाल,हर नेपाल अपाङ्गता संगठन नेपाल लागाएत १८ वटा संस्थाहरू सहभागिता थियो ।

Comments

comments