नेपाली काँगेस रसुवाको गाउँ अधिबेशन जारी

nepali-congress

धुन्चे, रसुवा
१३ अाै महाधिबेशनमा जुटेकाे प्रमुख प्रतिपक्षि नेपाली काँगे्रसलाई अहिले अधिबेशनको चटारो छ । माघ १५ गते देश ब्यापी रुपमा नेपाली काँगेसकाे गाउँ अधिबेशन हुने निर्धारित कार्यक्रम अन्तर्गत अधिबेशन जारी रहेको छ । रसुवा जिल्ला भरी गाउँ अधिबेशनको चटारो लागेको छ । गाउँ ईकाई पदाधिकारीहरू तथा क्षेत्रीय र जिल्ला प्रतिनिधी चयनका लागी अधिबेशन हुन लागेको हो ।

जिल्ला अधिबेशनका लागी केन्द्रले निर्वाचन अधिकृत तोकेको छ भने गाउँ अधिबेशनका लागी पार्टीले शिक्षक संघलाई जिम्मा दिएको थियो । शिक्षकहरू निर्वाचन अधिकृतका रुपमा खटिएका छन् स्रोतका अनुसार राम्चेमा गाउँ अधिबेशन सम्पन्न भएको परिणाम आएको छ । अन्य गाविसहरुको परिणाम आउने क्रम जारी छ । नेपाली काँगे्रस धैबुङ्गको अधिबेशनले पुन : तष्णराज न्यौपाने निर्वाचित भएका छन् । परिणाम चित्त नबुझे पछि अन्य कार्यकर्ताहरुले धैबुङ्गमा रजिष्टर च्यातेकाे बताइएकाे छ ।

प्राप्त परिणाम अनुसार धुन्चेमा राजु तितुङ, राम्चेमा गोपाल तामाङ , हाकुमा निमा वाङदी तामाङ, स्याफ्रुमा निमा तामाङ, भोर्लेमा बहादुर सिंह तामाङ, यार्सामा नुर्पुस्याङबो घले , सरमथलीमा दिलबहादुर मोक्तान, डाडागाउँमा तीर्थबहादुर गुरुङ, गत्लाङमा अभिनास तामाङ, गोल्जुङ फुर्पुग्याल घले, चिलिमेमा जितमान घले , बृदिम लाक्पा ग्याल्बो तामाङ, थुमनमा फुर्पु तामाङ गाउँ ईकाई सभापतिमा चयन भएका छन् । प्रतिनिधीहरुको परिणम आउन बाँकी छ ।  मत परिणाम आउन बाँकी रहेको छ ।

Comments

comments