नेपाली काग्रेस रसुवाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु

npc

हिमनाथ देवकाेटा

धुन्चे, रसुवा

नेपाली काग्रेस रसुवाको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन प्रक्रिया सुरु भएको छ । सहमतिबाट नेतृत्व चयन हुन नसकेपछि निर्वाचन प्रक्रिया सुरु भएको हो । आज बिहान ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने छ ।

सहायक निर्वाचन अधिकृत गणेश श्रेष्ठले दिनुभएको जानकारी अनुसार मतदाता नामावली उपर दावी बिरोध र अन्तिम मतदाता नामावली प्रकाशन गरिसकेको र अहिले उम्मेदवारी दर्ता प्रक्रिया भईरहेको बताइएको छ । उम्मेदवारी दर्ता प्रक्रिया ९ बजेसम्म जारी रहने बताइएको छ । यस्त, ९ बजेसम्म प्रथम उम्मेदवारी नामावली प्रकाशन, ९:३० सम्म उम्मेदवारी नामावली उपर दावी बिरोध, ९ :४५ बजेसम्म दोस्रो उम्मेदवारी नामावली प्रकाशित, १० :३० बजेसम्म उम्मेदवारी मनोनयन फिर्ता, १०:४५ बजेभित्र अन्तिम उम्मेदवारी नामावली प्रकाशन र ११ बजेदेखि मतदान प्रक्रिया सुरु हुने १३ औ जिल्ला अधिबेसनका निर्वाचन समितिले जनाएको छ ।

१३ औं जिल्ला अधिबेशनबाट जिल्ला सभापति, सचिव, कोषाध्यक्ष, महिला सदस्य ३, दलित सदस्य १, आदिबासि जनजाती सदस्य १, पिछडिएको वर्ग सदस्य १, महाधिबेशन प्रतिनिधि ६, महाधिबेशन महिला प्रतिनिधि २, महाधिबेशन दलित प्रतिनिधि १, महाधिबेशन प्रतिनिधि आदिबासी जनजाती १ महाधिबेशन प्रतिनिधि पिछडिएका बर्ग १ जना पदाधिकारी निर्वाचनबाट चयन गरिने बताइएको छ । निर्वाचनका लागि १ सय ८४ मतदाता रहेका छन । नेपाली काँग्रेसको १३ औ जिल्ला अधिबेशनबाट २४ जना प्रतिनिधि चयन गरिने भएको छ ।

यस्तै यसअघि अधिबेसनका लागि दुई पक्षले भिन्दा–भिन्नै स्थान चयन गरेपछि विवाद भएको थियो । अधिबेशनमा हुन सक्ने संभाबित जोखिमलाई ध्यान दिदै सुरक्षा व्यवस्था कडा पारिएको छ ।  प्राप्त पछिल्लो जानकारी अनुसार पार्टी सभापतिका लागी राजु तितुङ र पेम्पाछिरिङ तामाङले उम्मेदवारी दिएका छन् । २ प्यानल रहेकाे छ , भने मतदान सुरू भएकाे छ ।

Comments

comments