नेपाली सेनाद्वारा दुई महिलाकाे हावाई उद्वार

उद्दार (2)

रसुवा, उच्च रक्तस्रापमा परेकी दुई महिलालाई जिल्ला प्रशासन कार्यालय रसुवा र कालीजंग गण रसुवाको पहल, गृह मन्त्रालय र महिला बालबालिका जेष्ठ नागरीक मन्त्रालयको समन्वय र नेपाली सेनाको सहयोगमार्फत हेलिकप्टर उद्वारद्वारा कालिकास्थानबाट काठमाण्डौं थप उपचारका लागि नेपाली सेनाले शनिबार ११ गते रसुवाबाट हावाई उद्वार गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार उद्वार गरिएकी ती महिलाहरूमा गोसाँइकुण्ड गाउँपालिका वडा नं ५ कोमिन निवासी उषा तामाङ र सोही गाउँपालिका वडा नं. ५ ठूलोभार्खुका पेमा तामाङ रहेकी छिन् ।

यी महिलालाई रसुवा जिल्ला अस्पतालमा उपचार हुन नसकेको र हावाई मार्गबाट लैजान बिहानैदेखिको प्रतिकुल मौसमले धुञ्चेमा हेलिकोप्टर अवतरण गराउने अवस्था नहुँदा एम्बुलेन्सद्वारा काठमाडाैंलगिएको हो । तर बिच बाटोमै थप जोखिम बढेका कारण कम उचाईको भूभाग कालिका गाउँपालिका बडा नं २ बाट हेलिकोप्टरमार्फत काठमाण्डौ पठाइएको प्रजिअ भण्डारीले जानकारी दिए ।

जटिल दुबै बिरामीलाई तत्काल उद्वार गर्न स्थानीय प्रशासनको आग्रहमा लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेना कालिजंङ गणले दक्षिणी रसुवाको कालिका स्थानमा आपतकालिन हेलिप्याड निर्माण गरि हेलिकोप्टर अवतरण गराएको थियो ।

बिपद्को अवस्थामा आफुले गरेको आग्रहलाई मध्येनजर राखि रसुवाका प्रजिअ भण्डारी र कालिजंग गणका गणपति सर्वेन्द्र नगरकोटीले मानव बचाउने कार्यमा गरेको योगदान अतुलनिय रहेको नेपाली कांग्रेस रसुवाका सभापति पेम्वाछिरिङ तामाङले बताए ।

सीप र ज्ञान भएपनि साधन श्रोतको कमि भएका कारण जिल्ला अस्पतालको सामान्य उपचारपछि काठमाण्डौस्थित थापाथली प्रसुति गृहमा रिफर गरिएको जिल्ला अस्पतालका डाक्टर दिपेन्द्र केसीले जानकारी दिए ।

Comments

comments