नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारणसभामा ३ संस्था सम्मानित

142845379_3836251993063013_7630002438317985185_n

रसुवा, नेपाल पत्रकार महासंघ रसुवाकाे पाँचाैं साधारण सभा तथा सम्मान कार्यक्रम नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, नेपाली सेना कालीजंग गण , माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजना -२१६ लाइ सम्मान गरिएकाे छ । 143344295_10223402016306299_346576992277401670_n

महासंघलाइ सहयाेग नागरिक समाज, नेपाली सेना कालीजंग गण , माथिल्लाे त्रिशूली-१ जलविद्युत आयाेजना नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष गाेविन्द आचार्यले सम्मान-पत्र प्रदान गर्नुभयाे ।

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण पत्रकारिता क्षेत्रमा आएको समस्या समाधानका लागि महासंघ सदैव लागिरहने महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले बताउनुभयाे । पत्रकार महासंघ बलियाे र पूरानाे नागरिक संस्था  रहेकाे उल्लेख गर्दै पत्रकारिता सामाजिक उत्तरदायित्वपूर्ण पेसा भएकाे बताउँदै खबरदारी र निगरानी गर्नुपर्ने उहाँले बताउनुभयाे । सञ्चार रजिष्टार कार्यालयका सञ्चार रजिष्टार रेवतीसापकोटाले सञ्चार माध्यमलाई टिकाउनका लागि, पत्रकारको क्षमता अभिवृद्धिका तथा विभिन्न योजना ल्याइएको र आगामी दिनमा थप विस्तार गर्दै लैजाने बताउनुभयाे । राष्ट्रिय सञ्चारगृहले जिल्लालाई उपेक्षा गरेको, समाचार कम प्रकाशित हुने र समाचार प्रकाशित भएपनि पारिश्रमिक नदिने जस्ता कारण पेसाबाट विस्थापित हुने अवस्था रहेकाे पत्रकारहरूले चिन्ता प्रकट गर्नुभयाे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल,  बागमति प्रदेश संचार रजिष्टार कार्यालयका  प्रेस रजिष्टार  रेवती सापकाेटा, प्रमुख जिल्ला अधिकारी हरि पन्त, प्रदेश महासंघका सदस्य रामचन्द्र नेपाल, नागरिक समाजका अध्यक्ष तथा नेपाल रेडक्रस साेसाइटी रसुवाका सभापति बाबुलाल तामाङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष तथा एकाेरावका काेषाध्यक्ष दिपक लामा, प्रेस संगठन नेपालका अध्यक्ष बलराम घिमिरे,  नेपाल प्रेस युनियनका सुशील काेइरालालगायतले शुभकामना दिनुभयाे ।  सभामा नेपाल पत्रकार महासंघ प्रदेश महासंघ प्रदेश महासंघ सदस्य रामहरि गजुरेल, रेडियाे लाङटाङ, रेडियाे रसुवा, नेपाली सेना, जिल्ला हुलाक कार्यालयलगायतका प्रतिनिधी सहभागी थिए ।

०७६ सालमा नयाँ तथा नविकरण सिफारिस भएका सदस्यतालाई यथावत राख्ने, सूचना केन्द्र स्थापनाका लागि आवश्यक सामग्री माग गर्ने र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गाविन्द आचार्य सहित साधारण सभामा उपस्थित सवै अतिथिहरू तथा सहभागीलाई धन्यवाद दिने निणर्य गरी साँझ बन्दसत्र समापन भएकाे थियाे ।  142845379_3836251993063013_7630002438317985185_n

Comments

comments