नेपाल पत्रकार महासंघ रसुवाको तेस्रो अधिबेशन सम्पन्न

preess

नेपाल पत्रकार महासंघ रसुवाको तेस्रो जिल्ला अधिबेशनले हेमनाथ खतिवडाको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भयो ।
जिल्ला अधिबेशनले उपाध्यक्ष प्रेमप्रसाद पौडेल, महिला उपाध्यक्ष अनु आचार्य, सचिव सिमा तामाङ, सह सचिव प्रभाकर अधिकारी, समाबेशी सहसचिव कमल तामाङ, कोषाध्यक्ष सूर्य थोक्रा, सदस्यहरुमा लक्ष्मी मगर, झरना नेपाली, कविता स्याङवा, सरस्वती न्यौपाने , पूर्णिमा स्याङवा, विश्वास नेपाली रहेका छन् । प्रदेश सभासदमा हिमनाथ देवकोटा, ठाकुर अधिकारी, राकेश लामा, पविना स्याङवा , सरिता लामिछाने, कमला मगर रहेका छन् भने केन्द्रीय सभासदमा बलराम घिमिरे, दिपक लामा, हरि गँजुरेल, बिजया तिवारी, निराजन पौडेल रहेका छन् ।

उद्घाटन सत्रमा प्रमुख अतिथि किसान संगीत नेपाली, बिशेष अतिथि सांसद छोवाङतेन्जिन तामाङ, निमित्त प्रमुख जिल्ला अधिकारी नन्दलाल शर्मा, नेकपा माओवादी केन्द्रका मेघनाथ घिमिरे प्रभाकर, नेपाली काँग्रेसका प्रतिनिधी उत्तम थापा, नेकपा एमालेका विजय लामा, रसुवा उद्योग बाणिज्य संघका अध्यक्ष कैसाङनुर्पू तामाङले शुभकामना दिनुभएको थियो । जिल्लामा ४६ जना नेपाल पत्रकार महासंघका सदस्य रहेका छन् ।

निर्वाचन मण्डलले बन्दसत्रमा हलमा आर्थिक तथा सांगठनिक प्रतिवेदन पास गरी अध्यक्षमण्डलका पदाधिकारी नरायणप्रसाद घिमिरे, नारायण देवकोटा, ऋषिश्वर अधिकारी केन्द्रीय प्रतिनिधी किसान संगीत नेपाली रहनु भएको थियो ।

Comments

comments