नेपाल भ्रमण वर्ष उत्सव, पर्यटकको स्वागत सत्कार र रैथाने स्वाद

80790043_647456556084819_2111666781847289856_o

हेमनाथ खतिवडा
रसुवा, पुस १६ गते । नेपाल भ्रमणवर्ष २०२० को सुरुवात रसुवामा सभ्य, भव्य रुपमा भयो । जिल्ला समन्वय समितिले कार्ययोजना बनाए सुरु गरेको कार्यक्रमले निकै रौनकता ल्यायो भने विदेशी तथा स्वदेशी पर्यटक स्वागत सत्कार र स्थानीय परिकारको स्वादले रम्य बन्यो ।langtang

गोसाईकुण्ड गाउँपालिका –२ को टिमुरेमा बिहान बजे प्रमुख जिल्ला अधिकारी कुलप्रसाद भट्ट, प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीलगायत जिल्लाका सरकारी निकायका प्रमुख, जनप्रतिनिधीले तथा पर्यटन व्यवसायीहरुको उत्साहपूर्ण ढगले नेपाल भ्रमण वर्षको रौनकता पूर्वक सुरुवात भयो । प्रदेश सरकारले टिमुरेमा साँस्कृतिक स्वागत तथा स्थानीय परिकारको खाना उत्सव आयोजना गरेको थियो ।78534867_2413305358985374_6125645793945714688_n

नेपालको तेस्रो पदयात्रा गन्तब्य लाङटाङ जान आएका विदेशी पर्यटकहरुको खादा, अबिर, माला तथा गीत नृत्यद्धारा भव्य स्वागत भयो । तामाङ सम्पदामार्गका बिभिन्न गाउँमा चौरीगाईको दूध, छुर्पी, याक चिज, स्थानीय जातको सिमी र कालो मुसुरोको दाल, हिमाली रेन्बो ट्राउट माछाका परिकार, ढिंडो र होमस्टे मुख्य आकर्शण रहेको गोसाँइकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनूर्पु तामाङले बताउँनुभयो । उहाँले भन्नुभयो ‘भ्रमणवर्ष २०२० को सन्दर्भमा गाउँपालिकाले पहिलेदेखि नै प्रचारप्रसार तथा पदमार्ग विकासका काम गरेको छ ।’ जिल्लामा लाङटाङ गोसाँइकुण्ड, पार्वतीकुण्डलगायतका प्रसिद्ध पर्यटकीय स्थलहरु रहेकोले यहाँ वर्षेनी विदेशी तथा स्वदेशी पर्यटकहरु आउनेक्रम बढ्दै गएको उहाँले बताउनुभयो । बिहान चीनियाँ पर्यटकलाई पनि स्वागत भयो । चीनतर्फबाट आउने पर्यटकको संख्या पनि बढेको छ ।Goshaikund rasuwa

भिजिट नेपाल २०२० झल्किने गरी जिल्लाको उत्तरगया गाउँपालिकाको बेत्रावती, कालिका गाउँपालिकाको कालिकास्थान, आमाछोदिङ्मो गाउँपालिकाको बाहुनडाँडा, गोसाइँकुण्ड गाउँपालिकाको सदरमुकाम धुन्चे, स्याफ्रुबेँसी र रसुवागढी र नौकुण्डमापनि पर्यटकहरूको स्वागतका लागि स्वागतद्वारमा आफ्ना मौलिक भेषभूषा पहिरनमा सजिएर स्वागत गरे । टिमुरेको लेकमा रहेको दुधकुण्डको पनि प्रचार गर्न तथा पूर्वाधार विकास हुनुपर्ने स्थानीय व्यवसायी कामीनूर्पु तामाङले बताउनुभयो ।

82219552_647457812751360_9155780027688681472_o
भ्रमणवर्षमा ५० हजार विदेशी पर्यटक भित्¥याउने अनुमान छ । सन् २०१२ सम्म २ लाख ४३ हजार जना विदेशी पर्यटक भित्रिएिको तथ्यांक लाङटाङ राष्ट्रिय निकुञ्जमा रहेको छ । आर्थिक वर्ष ०६८/०६९ मा १४ हजार ३ सय १४, आव ०७० /०७१ मा १७ हजार , ०७१/०७२ मा १६ हजार ५ सय ९३ जना विदेशी पर्यटक आएका थिए । आव ०७२/०७३ मा ४ हजार ९ सय २६ जना, आव ०७३/०७४ मा ८ हजार २ सय ५४ जना विदेशी पर्यटक आएका थिए । आव ०७५/०७६मा १७ हजार ६ सय ९१ जना पर्यटक विदेशी भित्रिए जसबाट ५ करोड ७२ लाख रुपियाँ राजश्व संकलन भयो ।

निकुञ्जको तथ्याङ्क हेर्दा विसं २०३५ सालपछि यहाँ पर्यटकहरूको आवागमनका कारण अबौं रूपैंया आम्दानी भएको देखिन्छ । लाङटाङ क्षेत्र भूकम्पले ध्वस्त भएको ६ सय वर्ष पुरानो क्यान्जिङ गुम्बा र लाङटाङ क्षेत्र स्थानीयले हिम्मत गरेर पुनर्निर्माण गरेका छन् । गुणस्तरिय होटल, लज, निजी आवास निर्माण भएकोले विदेशी पर्यटक आउन थालेको लाङटाङका जनप्रतिनिधी सुप्पा लामाले बताउनुभयो ।

रसुवा, नुवाकोट र शिन्धुपाल्चोक तीन जिल्लामा फैलिएको लाङटाङ राष्ट्रिय निकुञ्ज वि.सं.२०३२ सालमा स्थापना भएको हो । एकहजार ७ सय १० वर्गकिमी क्षेत्रमा फैलिएको छ भने ४१० वर्ग किलोमिटर मध्यवर्ती क्षेत्रमा फैलिएको छ । ४६ प्रजातिका स्तनधारी, ३ सय १५ प्रजातिका चरा, ११ प्रजातिका घस्रिने जनावर, ३० प्रजातिका माछा, १० प्रजातिका माकुरा, ५८ प्रजातिका पुतलीलगायत १ हजार बढी प्रजातिका वनस्पत्तीहरू पाइने निकुञ्जको अभिलेखमा छ । विश्वमै दुर्लभ रेडपाण्डा, हिमचितुवा, बँदेल, हिमालयन कालो भालु, घोरल, लङगुर, आसामी बाँदर, झारल, घोरल, कस्तुरी मृगलगायतका वन्यजन्तुहरू महत्वका वस्तुहरू हुन् । जैविक विविधताका दृष्टिले निकै महत्वपूर्ण यस क्षेत्रमा वन्यजन्तु र वातावरणसँग सम्बन्धित अध्ययन गर्ने विद्यार्थी र अनुसन्धानकर्ताहरूको लागि पनि निकै महत्वपूर्ण स्थल मानिन्छ ।81158480_2413306065651970_2830353756955082752_n

निकुञ्ज भित्र संरक्षित गोसाईकुण्ड २०६३ सालमा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत भएको हो । यहाँ तालतलैया हिमशृङ्खला, लाङटाङ, लिरुङ,आदि हिमशृङ्खला र यसबाट बगेका लाङटाङ, त्रिशूली तथा भोटेकोशीलगायतका नदीनालाहरू क्षेत्रलाई स्वच्छ जलसम्पदाका भण्डारका रुपमा चिनाएको छ । निरमसी, चिराईतो, पाँचऔले, पदमचाल कुटकीलगायत जडिबुटीको भण्डार हो । यहाँ विशेष गरी तामाङ जातिको बाहुल्यता साँस्कृतिक विविधताले गर्दा साँस्कृतिक रूपमा समेत निकै धनी मानिन्छ । मनोरम हिमाली दृष्य, प्राकृतिक र जैविक विविधताले भरपुर छ । काठमाडौँको बालाजुबाट नुवाकोटको बिदुरहुँदै रसुवाको सदरमुकाम धुन्चे पुग्नसकिन्छ । गोसाँईकुण्डका लागि धुन्चे र लाङटाङका लागि भने स्याफ्रुबेशीबाट पैदलयात्रा सुरु गर्नुपर्ने हुन्छ ।

विश्व पर्यटन बजारमा लाङटाङ क्षेत्रले बेग्लै पहिचान बनाएको छ । नेपालको पदयात्रामार्गमा तेस्रो पदयात्रा गन्तब्यको रूपमा छ । विश्वको दशौं सुन्दर बस्ती जुन विश्वमानै ग्ल्यासियरबाट सबैभन्दा नजिकको बस्ती हो । नेपालको पहिलो याक चिज उत्पादन केन्द्र, पहिलो हिमाली राष्ट्रिय निकुञ्ज, राजधानी काठमाडौंबाट नजिकको र सरल पर्यटकीय स्थल तथा चीन र नेपालसँगको ऐतिहाँसिक महत्व बोकेका कारण लाङटाङ क्यान्जिङ हिम उपत्यका उत्कृष्ठ गन्तव्य हो ।

नेपाल भ्रमण वर्ष २०२० जिल्लास्तरीय समितिको सचिवालयका अनुसार भ्रमण वर्ष सुरुवात सातबुँदे निर्णय गरिएको थियो । पहिलो दिन जिल्लाको बेत्रावती, कालिकास्थान, बाहुनडाँडा, धुन्चे, स्याफ्रुबेसी, रसुवागढी र नौकुण्डको पा¥च्याङमा पर्यटकको स्वागत भयो । होटल व्यवसायीले पहिलो वा दोस्रो जोडीलाई एक रात निःशुल्क खाना तथा बासको व्यवस्था गरे ।

गाउँगाउँमा मञ्च व्यवस्थापन, साँस्कृतिक कार्यक्रम, फुड स्ट्रिट फेस्टिबल, साँझ दिपावली गर्ने, धुन्चेमा तामाङ संग्रहालयको अवलोकन, डिजिटल डिस्प्लेद्वारा रसुवाको जानकारी दिने र सूचना केन्द्र स्थापना गरी पम्प्लेट,पोस्टर तथा स्टिकर वितरण समेत भएको जिल्ला समन्वय समितिले जनाएको छ ।80704163_2524060374516890_7530896442508967936_n

स्याफ्रमा गोसाँइकुण्ड गाउँपालिका , ५ नं वडा र होटल व्यवसायीले स्वागत गेट निर्माण गरी स्याफ्रुबेशीमा २ बजे लामा, झाँक्री नाँच देखाएर सुरुवात भयो । त्यहाँका मल्ल र ल्हासा होटलमा २/२ जना विदेशी पर्यटकलाई १ रातको रुम र बिहान खाजा निःशुल्क व्यवस्था गरिएको स्थानीय पर्यटन व्यवसायी छोवाङ तामाङले बताउँनुभयो । पर्यटकको भव्य स्वागतका क्रममा परम्परागत तामाङ सेलो, स्याब्रुनाँच, लामा तथा झाँक्री नाँचका झाँकी प्रर्दशन भयो ।80832243_10221960706872968_3244352694067920896_n

सदरमुकाम धुन्चेमा जिल्ला समन्वय समितिले स्वागत गेट निर्माण गरेर सिंगारेको छ । स्थानीय तामाङ भेषभूषा र परम्परागत नृत्य प्रस्तुत गरेका छन् । कालिका गाउँपालिकाको स्वागत गेट निर्माण गरिएको छ भने बिहानै विदेशी तथा स्वदेशी पर्यटकको स्वागत गरेको कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले बताउनुभयो । स्थानीय धैबुङ्गको खैजडी भजन तथा परम्परागत बालुन नाँचको प्रस्तुत गर्ने कालिका गाउँपालिका अध्यक्ष सिताकुमारी अधिकारीले बताउँनुभयो । कालिका गाउँपालिकााट भजन, दोहोरी गीतको टोली सदरमुकामसम्म पुगेको थियो ।DSC_0337

पर्यटन भ्रमण वर्ष २०२० को सुरुवातमा जिल्लाको प्रबेशद्धारा बेत्रावती स्थित उत्तरगयाधाममा पर्यटकको स्वागत भयो । स्थानीय जनप्रतिनिधी, व्यापारी तथा स्थानीयले उत्सवका रुपमा भ्रमणवर्षमा पर्यटकको स्वागत गरे । ईतिहासका महत्वपूर्ण घटनाक्रममा पनि उत्तरगयाको वर्णन गरिएको पाईन्छ । यहाँ वालाचर्तुदशी, पौषे, औषी, रामनवमी, हरिवोधनी एकादशी, दशहरा, ऋषितर्पणी, कुशेऔशी आदी पर्वमा भक्तजनहरूको भव्य मेला लाग्दछ । टाढा टाढाबाट भक्तजनहरू आएर पुजा अर्चना गर्छन् । नेपाल –तिव्वत बीच लडाई हुँदा वि सं १८४९ असोज १७ गते बेत्रावती सन्धी भएको स्थल भएकोले यस क्षेत्रको महत्वका साथ प्रचारगर्नुपर्ने स्थानीय गणेश श्रेष्ठले बताउनुभयो । यो क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा उत्तरगया पवित्र धार्मिक क्षेत्रमा पितृ मोक्षको कामना गर्दै तिथी छुटेकाहरूले पनि श्राद्ध तथा पुजाआजा गर्न हजारौं तीर्थ यात्रीहरू आउने गरे छन् ।

Comments

comments