नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवामा गणेश

धुन्चे, रसुवा

नेकपा एमाले निकट उद्योगी व्यवसायीहरूको भातृ संगठन नेपाल राष्ट्रिय वाणिज्य संघ रसुवाको पहिलो जिल्ला अधिबेसन आज धुन्चेमा सम्पन्न भएको छ । रसुवाका ब्यापारीहरुको भेलाबाट गणेशलाई सर्वम्मत अध्यक्षको जिम्मेवारी दिएको छ ।

अधिबेसनले गणेश पौडेलको अध्यक्षतामा १३ सदस्सिय कार्य समिति निर्विरोध चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा दिनेश अधिकारी, उपाध्यक्षमा दावा लाक्पा तामाङ, कार्वो तामाङ, निवर्तमान अध्यक्षमा दावा सिदार वाइबा, सचिवमा राम शरण न्यौपाने, सहसचिवमा कुमार नगरकोटी, कोषाध्यक्षमा तेम्वा ग्याल्वो घले रहनुभएको छ । अन्य सदस्यहरूमा राजेन्द्र ढकाल, निमा धार्के तामाङ, सञ्चराम ढकाल, तारक्याल तामाङ र हस्त बहादुर तामाङ निर्विरोध चयन भएका छन । दावा सिदार तामाङको सभापतित्वमा सम्पन्नन कार्यक्रमको प्रमुख अतिथि सभासद छोवाङ तेन्जिन तामाङ रहनुभएको थियो ।

Comments

comments