नौकुण्डका विस्थापित २१ परिवारलाई लालपुर्जा

lalpurga

रसुवा, भूकम्पको कारण आफ्नो थातथलोमा गुमाएर जोखिमयुक्त बस्ती स्थानान्तरणका लागि जग्गा पाएका नौकुण्ड गाउँपालिका- १ का २१ परिवारले लालपुर्जा पाएका छन् ।IMG_8513

जिल्लाकै बिकट मानिने बस्ती नौकुण्ड गाउँपालिका साङयुलका गाउँ पहिरोले जोखिमयुक्त भएपछि २१ परिवारलाई सुरक्षित स्थानमा जग्गाको व्यवस्थापन गरी लालपुर्जा वितरण गरिएको हो । एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्ट, नौकुण्ड गाउँपालिका अध्यक्ष नूर्पुसाङवो घले, उपाध्यक्ष सिर्जना लामा, कालिका गाउँपालिका उपाध्यक्ष भवानीप्रसाद न्यौपाने, कालिका गाउँपालिका ३ का वडा अध्यक्ष पुष्पराज न्यौपाने, नौकुण्ड गाउँपालिका १ का वडा अध्यक्ष कान्छा लामा, सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका सल्लाहकार जगत बस्नेत, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा पूर्वधारका कार्यालयका सामाजिक विकास विशेषज्ञ मौलिधन राईले लालपुर्जा बितरण गर्नुभएको हो । थलोमै लालपुर्जा पाएपछि आफुखुशी लागेको र चाँढै आवास निर्माण थाल्ने स्थानीय दावा लोप्चनले बताउनुभयो ।

IMG_8599

विस्थापित परिवारलाई जग्गा खरिद र दर्ता प्रक्रियाको लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सहकार्य गरी आत्मनिर्भर केन्द्रले सहजिकरण गरिरहेको पाँच गाउँपालिकाबाट बिस्थापित भएका ४ सय १६ परिवारलाई आवास निर्माण गर्न जग्गा खरिद गरी लालपूर्जा प्रदान गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा पूर्वधारका कार्यालयका प्रमुख कृष्णकान्त उपाध्यायले बताउनुभयो । सरकरले प्रदान गरेको २ लाख रुपैयाबाट लालपुर्जा पाएपछि उनीहरू घर बनाउन थालेका छन् । भूकम्पका कारण देशभरका ३१ जिल्लामा झण्डै साँढे ५ हजार परिवार जोखिमयुक्त बस्तीमा परेकोमा १ हजार १ सयबढि परिवार रसुवामा छन् ।

अभियानबाट संयुक्तपुर्जा निर्माण गर्ने पनि बढेका छन् । खरिद गरिएको जग्गामा महिला र पुरुषको बराबरी स्वामित्यकायम गराउने अभियानमा भइरहेको आत्मनिर्भर केन्द्रका कार्यक्रम संयोजक विश्वास नेपालीले बताउनुभयो । विस्थािपत समुदायका ३ सय ३६ परिवारले पति पत्नीको नाममा संयुक्त लालपुर्जा बनाएका छन् । सरकारले १ सय रुपैयाँ तिरेर पतिको नाममा रहेको लालपुर्जामा पत्नीको पनि तस्वीर टाँसेर संयुक्त पुर्जा बनाएर सम्पत्तीमाथिको महिलाको स्वामित्व बढाउने कार्यसमेतसँगै अघि बढेका छ ।

नौकुण्ड गाउँपालिका दनुस्वाराका ६४ परिवार सहित बस्ती स्थानान्तरण गर्न लाभग्राही सूचिमा समावेश नभएका अझै डेढ सय परिवार छन् । जोखिमयुक्त बस्तीमा परेका लाभग्राही मध्ये उत्तरगयामा ६ सय ४० मा २ सय १४, कालिकामा २६ मा १४, नौकुण्डमा १ सय २६ मा ४०, गोसाईकुण्डमा २० मा १३ र आमाछोदिङमो गाउँपालिकामा २ सय ३ मा १ सय २७ परिवार विस्थपितले घडेरी खरिद गर्न सरकारी अनुदान २ लाख रुपैयाँ पाएका छन् । जोखीमयुक्त बस्ती स्थानान्तरणका लाभग्राही सूचिमा रहेका ५ सय ९९ परिवारले पुर्जा पाउने बाँकी रहेको छ ।

त्यसैगरि जिल्लाको उत्तरगया गाउँपालिका कार्यालय रहेको खाल्टे बगरको क्याम्पमा २ सय ६९ परिवार विस्थापित अझै जस्ताको अस्थायी छाप्रोमै छन् । आफुहरू खाल्टे क्षेत्रमै बस्न चाहेको तर भूगर्भविद्ले त्रिशूली नदिकिनारमा रहेकोले जोखिममा रहेको भनेपछि आफुहरूको बस्ती स्थानान्तरण अझै अन्यौल भएको स्थानीय बिस्थापित समुदायका अगुवा पूर्ण घलेले बताउनुभयो “भन्नुभयो खाल्टेका बिस्थापित अहिले पनि छस्ताको छाप्रोमै छन् । ”

Comments

comments