नौकुण्ड खानेपानी संघीय सरकारले बनाउने : अर्थमन्त्री खतिवडा

अर्थमन्त्री रसुवामा (2)

रसुवा । संघीय सरकारका अर्थमन्त्री युवराज खतिवडाले नौकुण्ड खानेपानी आयोजना संघीय सरकारले बनाउने बताएका छन् ।

दुई दिने भ्रमणका लागि रसुवा आएका मन्त्री खतिवडाले शुक्रबार एकीकृत भन्सार कार्यालयको रसुवागढीमा शिलन्यास गर्दै भने रसुवागढी नाका देशकै आर्थिक मेरुदण्ड हो । गल्छी–मैलुङ–स्याफ्रुबेंशी–रसुवागढी सडक आयोजना समयमा नै सम्पन्न भएपछि केरुङ–काठमाडौँ व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गर्दै उनले निर्यात व्यापारमा जोड दिएर व्यापार घाटा कम गर्ने योजनामा सरकार लागेको बताए ।

बेत्रावती–स्याफ्रुबेंशी सुरुङमार्गको सम्भाव्यता अध्ययन आउँदो आर्थिक वर्षबाट सुरु गरिने बताएका मन्त्री खतिवडाले रसुवाको अर्को सम्भावना जलविद्युत रहेको छ भन्दै प्रारम्भिक शेयर आवदेन गर्दा विपन्न वर्ग कर्जा लिन मिल्ले राष्ट्र बैंकको नियमको भरपुर सदुपयोग गरी समृद्ध हुन सकिने समेत बताए ।

शनिवार जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टको अध्यक्षतामा भएको जनप्रतिनिधि र कार्यालय प्रमखहरुको बैठकमा मन्त्री खतिवडाले “रसुवामा सत्तरी प्रतिशत जनतामा खानेपानी समस्या भएको भन्दै नेकपा रसुवाले अर्थमन्त्रालयसँग गरेको मागलाई सम्बोधन गर्न मन्त्रालयले नौकुण्ड खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको बताए ।” यस वर्ष यस आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइरहेको छ । आगामी वर्षको लागि केही बजेट विनियोजन गरिएको छ भने क्रमागत रुपमा दुई वर्षभित्र यो आयोजना सम्पन्न गरिनेछ ।

साथै उनले भने “हामीले बेत्रावती कालिकास्थान स्याफ्रुबेंशी सडक स्तरोन्नतीको लागि पनि आवश्यक पहल सुरु गरेका छौँ । यसले यहाँ पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिएका छौँ ।” यस कार्यक्रमा संविधानसभा सदस्य छाेवाङतेन्जेन तामाङ र सांसद नारायाण खतिवडा लगायत नेकपाका जिल्ला नेताहरूकाे पनि उपस्थिति रहेको थियो ।अर्थमन्त्री रसुवामा (3)

उनले अब भन्सारबाट आधुनिक प्रविधिमैत्री सेवा प्रबाह हुने जानकारी दिए । रसुवागढी नाकामा भन्सार कार्यालयको अर्थमन्त्री डा. युवराज खतिवडाले शिलान्यास गर्दै अर्थमन्त्री डा.खतिवडाले गल्छी, त्रिशूली, रसुवागढी सडकखण्डको स्तरोन्नति र सुरुङ मार्ग प्राथमिकता दिएको बताए ।

बेत्रावती–स्याफ्रबेसी सडक खण्डमा सुरुङ निर्माणको काम दीर्घकालीन योजना रहेकाले स्तरोन्नतिको काम तत्काल अघि बढ्मा अर्थमन्त्री खतिवडाले जोडदिए ।  ‘सुरुङ मार्ग निर्माणले सडकको औचित्य कम हुने भन्दै उहाँले भन्नुभयो जमिन माथिबाट स्थानीयको आवतजावत र जलविद्युत् आयोजनाको सामग्री ल्याउन सहयोग पुग्दछ ।’

कार्यक्रममा भन्सार विभागका निर्देशक रामेश्वर दंगाल, संबिधानसभा सदस्य जनार्दन ढकाल, नुवाकोटबाट प्रनिनिधी सभा सदस्य नारायण खतिवडा, प्रमुख जिल्ला अधिकार अर्जुन भण्डारी लगायत नेताहरू उपस्थित थिए । चीनसँग व्यापार बढाउनका लागि नाका जोड्ने सडकको स्तरोन्नति, सुरुङ तथा रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा रहेको उनले बताए।

जिल्लाको दक्षिणी क्षेत्र कालिकास्थान स्थित कालिका गाउँपालिकाले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा मन्त्री खतिवडाले नागरिकको आर्थिक बृद्धि र सामाजिक न्यायसँगै हुने गरी सरकार अघि बढ्ने बताए ।  सरकारले प्रत्येक गाउँपालिकामा एक एकजना पशु र कृषि बिज्ञको अवधारणा ल्याएको बताउँदै ग्रामीण सहकारीले स्थानीय उत्पादनको उपभोगमा जोड् दिदै उत्पादनसँगको सम्बन्ध छड्न नहुने बताउँदै खतिवडाले भने ।अर्थमन्त्री रसुवामा (1)

“सौर्यउर्जमा आधारित लिफ्ट खानेपानी र सिंचाईमा सरकारले जोड्दिने र रसुवाको नौकुण्ड खानेपानी आयोजना, भूकम्प पछि पुननिर्माण हुन बाँकी स्वास्थ्य संस्था, विद्यालय र गोम्बा मन्दिर निर्माणमा जोड्दिने र राष्ट्रिपति शैक्षिक सुधार कार्यक्रममार्फत शिक्षा क्षेत्रको विकस अघि बढ्ने बताए । केबुलकारको विकास भने निजी क्षेत्रमार्फत सहकार्यमा जोड दिइनेमा उनले जाेड्पनि बताए ।

Comments

comments