नौकुण्ड गाँउपालिका खुला दिशामुक्त क्षेत्र घोषणा

naukunda

प्रभाकर अधिकारी

पारच्याङ, रसुवाको नौकुण्ड गाँउपालिका  खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ । नौकुण्ड गाँउपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भएसगै रसुवामा कायम रहेको सबै पाँच वटै गाँउपालिका खुला दिशामुक्त क्षेत्र घोषणा भएको छ ।

नौकुण्ड गाँउपालिकाको केन्द्र रहेको स्थान वडा नं. ३ पारच्याङमा आयोजित कार्यक्रममार्फत तीन हजार ७६ घरधुरीको बसोबास रहेको गाँउपालिकाको सबै घरधुरीमा शौचालय निर्माण र प्रयोगमा आएकाले खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको जिल्ला समन्वय समिति रसुवाका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभएको छ । नेपाललाई अग्रेजी वर्ष 2017 भित्र खुला दिशामुक्त क्षेत्र घोषणा गर्न सहयोग पु¥याउने उद्देष्यले रसुवाको सबै घरमा शौचालय निर्माणमा प्रोत्साहन जगाएर सरसफाई प्रति सचेत गराएर सकारात्मक सन्देश दिन सफल भएको समितिका रसुवाका प्रमुख भट्टले बताउनुभएको छ ।

कार्यक्रममा रसुवाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपालेले भूकम्पले क्षति पुगेका आवास पुर्ननिर्माण बाकी नै भएकाले अब नयाँ आवास निर्माणको क्रममा थप ब्यबस्थित सरसफाईको कार्यक्रम अगाडी बढ्ने विश्वास ब्यक्त गर्नुभएको छ । यस्तै, रसुवाका स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले यसअघि खुला दिशामुक्त क्षेत्र घोषणको लागी सामाजिक सस्थाहरुको भूमिका प्रभावकारी भएकाले आगामी दिनमा सस्था नभएपनि सरसफाईको अन्य मापदण्डको समेत कार्यान्वयन गराउनुपर्ने जिम्मेवारी स्थानीयतहमा आएको बताउनुभएको छ । कार्यक्रमा नौकुण्ड गाँउपालिका अध्यक्ष नुर्वुस्याङ्बो घलेले खुला दिशामुक्त क्षेत्र घोषणा भएपनि त्यसलाई कार्यान्वयन गर्न आवश्यकता पर्ने पानीको अभाव चरम रहेकाले ब्यबस्थापनमा गाँउपालिका गम्भीर हुने बताउनुभएको छ ।

रसुवा जिल्लाकै विकट बस्तीहरु मिलेर निर्माण भएको नौकुण्ड गाँउपालिकामा शिक्षा, साक्षरता, जागरुकता र सचेतनाको अभाव आगामी दिनको लागी मुख्य चुनौतीको रुपमा रहेकाले त्यसको सामना गर्न गाँउपालिका सक्षम रहेको अध्यक्ष घलेले प्रतिबद्धता जनाउनुभएको छ । कार्यक्रममा खुला दिशामुक्त क्षेत्र घोषणाको लागी सहयोग पु¥याउने सामाजिक सस्था, महिला समूह, आमा समूह, स्वास्थ्य स्वंय सेविका, समाजिक व्यक्तित्व लगायलाई सम्मान समेत गरिएको थियो । रसुवामा कायम रहेको नौकुण्ड सहित उत्तरगयाँ, कालिका, गोसाईकुण्ड र पार्वतीकुण्ड गाँउपालिका खुला दिशा क्षेत्र घोषणा भइसकेकोले पुस १६ गते रसुवा जिल्लालाई नै खुला दिशामुक्त क्षेत्र घोषणाको तयारी गरिएको छ ।

Comments

comments