न्याफ रसुवाद्धारा सामाजिक लेखाजोखा

naf

nafधुन्चे, रसुवा
विनाशकारी भूकम्प पछिको आपतकालिन सहयोग कार्यक्रमको नेपाल कृषि बन प्रतिष्ठानले सामाजिक लेखाजोखा कार्यक्रम धुन्चेमा २२ गते सम्पन्न गरेको छ । विनाशकारी भूकम्प पछि रसुवामा कार्यरत संस्थाहरुले खर्च सार्वजनिक गरी लेखाजोखा गर्ने यो पहिलो संस्था हो ।

नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङको अध्यक्षतामा पत्रकार बलराम घिमिरेले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि सांसद छोवाङतेन्जिन तामाङले विनाशकारी भूकम्पले रसुवा जिल्लाको अवस्था नाजुक भएको, कृषि र जीविकापार्जनमा समस्या परेको बताउँदै पुर्न निर्माणमा स्वास्थ्य, शिक्षा र आवासलाई प्राथमिकता दिनु पर्ने बताए । सवै काम सरकारले मात्र नसक्ने भएकोले जिल्ला विकास समितिमार्फत गैर सरकारी संघ संस्थाहरुसँग पनि समन्वयगरेर जिल्ला पुर्नर्निमाण गर्न आवश्यक रहेको बताउँनुभयो । तामाङले सामाजिक लेखा जोखा गरी पारदर्शी गर्ने कार्यको सवैले अनुसरण गर्नु पर्ने बताउँनुभयो । सांसद तामाङले अस्वस्थ प्रतिष्पर्धा नभई सवै क्षेत्रले एकताको भावनाले काम गर्न आग्रह पनि गर्नुभयो ।

राष्ट्रिय भूमिअधिकार मञ्चका केन्द्रीय सदस्य भवानी न्यौपनेले भूकम्प पछि बितरण गरेका राहत पनि कति रुपैयाँको बितरण गरेको भनेर सवैको मल्य सुनाउने र टाँस्ने काम नै पारदर्शीता भएकोले न्याफले जस्तै सवैले गर्न अनुरोध गर्नुभयो । नागरिकको थाहा पाउने अधिकार भएकोले खोज्नु पर्नेमा जोड दिंदै न्याफको उदारणीय काम भएको बताउँनुभयो ।

यस अघिपनि लेखा जोखा गरी खर्च पारदशीको रुपमा देखिएको संस्थाले भूकम्प पछि ३ करोड ५० लाख ८० हजार रुपियाँ एक्सनएडबाट सहयोग प्राप्त भई लहरेपौवा गाविसको ४,५,६,७ र धैबुङ्ग गाविसको १,४ र ९ वडामा अस्थायी आश्रयस्थल र जीविकापार्जन सहयोगमा खर्च गरेको जनाएको छ ।

समूदायको अगुवाईमा सामूदायिक पुर्ननिर्माण आपतकालिन सहयोग कार्यक्रमको परियोजना संयोजक कमल आचार्यको प्रस्तुति पछि सहयोगीसंस्था एक्सन एड नेपालका खुमानसिंह गुरुङ, न्याफका उपाध्यक्ष नेत्र कुमारी अर्याल, लहरेपौवा गाविस सहायक शेखर भूषाल, लीलानाथ न्यौपाने, महिला अधिकार मञ्चका मीठू तामाङ, जिविसका स्थानीय विकास अधिकारी लगायतले आफ्नो धारणा राखेका थिए । कार्यक्रममा विनाशकारी भूकम्प पछि राहत तथा अस्थायी आवासका लागी जस्तापाता र जीविकापार्जन सहयोग कार्यक्रम १ हजार घरधुरीमा समेटेको , अस्थायी शिकाई केन्द्र तथा महिला संरक्षण केन्द्र निर्माण भएको बताए ।

Comments

comments