पचास हजार जनाको स्वास्थ्य परीक्षण

Corona virus

कोरोना भाइरस (काेभिड १९) ४९ जना संक्रमितमध्ये १२ जना निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मलेनमार्फत आज भरतपुर चितवनमा दुईजना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १२ पुगेको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकाटाले यही २४ घण्टामा ९ सय ४५ जनाको नयाँ नमुना परीक्षण गरिएको जनाए । उनले दुवै आरडीटी र पीसीआरमार्फत हालसम्म नेपालमा ४९ हजार ३ सय ३६ जनाको परीक्षण भइसकेको जानकारी दिए । आरडीटीबाट ३९ हजार ६ सय ७० र पीसीआर विधिबाट ९ हजार ६ सय ६६ जनाको कोरोना परीक्षण गरिएको देवकोटाले जनाए ।

भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमित पुरुष डिस्चार्ज भएको जानकारी दिए । हाल देशका विभिन्न अस्पतालमा ३७ जना उपचाररत रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेका मन्त्रालयले जनाएको छ ।

Comments

comments