रसुवा जिल्ला साविक धुन्चे गाउँ विकास समिति वडा नं २ हाल गोसाइँकुण्ड गाउँपालिका वडा नं ६ निवासी पासाङवुट्टी तामाङ घले बुवा स्व. खाम्बा तामाङ र आमा स्व. छिरिङवाङमो तामाङको कोखबाट बोकेझुण्डा (काप्से ) मा २०१३ साल जन्मिनु भएको हाे । उहाँको राजनीतिक यात्रा पञ्चायत समय उहाँको मीत बुवा स्व.कारसिङ्गी तामाङ (तत्कालिन प्रधानपञ्च ) र आफ्नै बुवा उपप्रधान पञ्च भएदेखि नै आफू पढ्न लेख्न त्यति नजाने पनि राजनीतिकमा चासो लिनुहुन्थ्यो । त्यसैगरी समाज सेवा गर्दा गर्दै उहाँको विवाह साविक धुन्चे -२ मा हाल अवकास प्राप्त प्रमुख सुबेदार सोमबहादुर घलेसँग विवाह बन्धनमा बाँधिनु भयाे ।
अभाव र कठिनाइसँग पाैठेजाेरी खेल्दै अघि बढ्दै जाने क्रममा कति पनि बिचलित नभइ अघि बढेमा लक्ष्यमा पुगिने उहाँकाे अनुभव छ । श्रीमान जागीरे , ३ छोरा १ छोरीको लालनपालन पढाइ , खेतीपाती सम्हालेर आफुले समाज सेवा कहिले छोड्नु भएन त्यसैले उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट उहाँ धुन्चे – २ बाट वडा अध्यक्ष निर्वाचित हुनभयो त्यसमा उहाँको सम्पूर्ण टीमले नै निर्वाचित भयो । त्यसमा गाउँ विकास समिति अध्यक्षमा हाल संविधानसभा सदस्य छाेवाङतेन्जिन तामाङ हुनुहुन्थ्यो । अग्रजहरूकाे अनुभवबाट धेरै सिकेर अघि बढेकाे र नयाँ पुस्तालाइ पनि धैर्यता र जाँगर चलाएर काम गर्दै विचलित नभइ काम गर्न उहाँकाे अनुराेध छ ।


त्यस बेला जिल्ला विकास समिति सभापति स्व.भीललाल हिराचनलाइ जिताउनको लागि दिनरात नभनी खट्नुभयो र सभापतिमा निर्वाचित भै सकेपछि जिल्लाको एक मात्र महिला वडा अध्यक्षमा निर्वाचित हुनु भएको भनेर निकै चर्चाभयाे । उहाँको हरेक काम गर्न सम्पूर्ण निर्वाचित जनप्रतिनिधिहरूको सहयोगका साथमा ५ वर्ष कार्यकाल सकियो । देशमा जनप्रतिनिधि बिहीन भै रहँदा यहाँको भूमिका सधैं जनताको सेवा मै समर्पित रही रहनुभयाे । उहाँ कहिले पार्टीको सर्वदलीय प्रतिनिधि, कहिले वडा नागरिक मन्चको अध्यक्ष , कहिले महिला स्वास्थ्य स्वयंसेविका रही जनसेवामा निरन्तर लागिरहनुभयाे ।

जसकाे फलस्वरूप २०७४ सालको स्थानीय निर्वाचनमा समेत उहाँले तत्कालिन पुन: नेकपा एमालेबाट टिकट पाउनुभयाे । पार्टीमा निरन्तरता दिन र जनताकाे सुख दु:खमा साथ दिएका कारण मलाइ अघि बढ्न सवैले प्रेरणा दिइरहे भने पार्टी नेताहरूले पनि अघि बढाउनुभयाे । ६४ वर्षकाे उमेरमा पनि युवा जाेस र जाँगरले उहाँ सदरमुकाम धुन्चेमा सहयाेगी भावका साथ जनसेवाका काम गरिरहनुभएकाे छ ।

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ बाट वडा अध्यक्ष दावासिदार वाइवा र महिला सदस्यमा उहाँलाई पार्टीले मैदानमा पठायो । उहाँ भन्नुहुन्छ जताकाे साथ र सहयाेगले सफल भइयाे । उहाँको सम्पूर्ण टीम विजय भयो र गोसाइँकुण्ड -६ मा सबै भन्दा बढी मत ल्याई महिला सदस्य विजय हुनुभयो । उहाँ पुनः कैसाङनुर्पू तामाङ नेतृत्वमा गोसाइँकुण्ड गाउँ कार्यपालिकामा पनि उहाँ सदस्यमा निर्वाचित हुनुभयो ।
उहाँकै प्रेरणाले परिवारमा पनि राजनीतिमा रूचि राखेर अघि बढ्रन खाेज्नेहरूलाइ राम्राे सल्लाह दिने उहाँ भन्नुहुन्छ मलाई पार्टीले फेरी निर्वाचन लड्न, जनताको सेवा गर्न, मेरो एक मुठी सास् रहेसम्म मेराे पार्टी नेकपा प्रति सधैं २५ वर्ष उमेरकाे जस्ताेका साथ लाग्छु । अरू दिदीबहिनीहरूलाइ पनि राजनीति भनेकाे निस्वार्थ सेवा भएकाेले केही लाभ लिन भनेर हाेइन याेगदान गर्ने दृढ संकल्पका साथ पार्टीमा लाग्न उहाँकाे अनुराेध छ ।
Related Posts
- जनताकाे विकास र सुरक्षामा हरहमेसा साथ दिने नेता ढकाल
- राष्ट्रपति भण्डारीद्वारा उत्तरगया धामकाे भ्रमण
- जिल्ला समन्वयमा समितिमा एमाले बहुमत, प्रमुखमा अशोक घिमिरे विजयी
- कालिका गाउँपालिकाकाे मानवअधिकार कार्ययोजना मस्यौदा माथि छलफल गरी पारित
- विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्नाका कारण बारे सेमिनार
- नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ विमोचन