पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

DDMC Rasuwa

रसुवा, विश्वव्यापी संक्रमणको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को जोखिमबाट बच्न जिल्लामा क्रियाशील पत्रकार तथा अधिकारकर्मीहरूलाई स्वास्थ्य सामग्री प्रदान गरेको भएकाे छ ।

नेपाल पत्रकार महासंघकाे समन्वयमा संक्रमणबाट बच्न जिल्लामा क्रियाशील पत्रकारहरूका लागि स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउँनुभयाे । प्रमुख जिल्ला अधिकारी भण्डारीले जिल्लाका क्रियाशील पत्रकारहरूलाई वितरण गर्ने प्रयोजनका लागि फेस मास्क चार सय ५० वटा, ग्लोब्स ३० वटा, ह्यान्ड स्यानिटाइजर २४ वटा, एन ९५ मास्क २४ वटा, हर्बल बुट्टी ६० पिस नेपाल पत्रकार महासंघलाई प्रदान गर्नुभयाे  ।

जिल्ला विपत् व्यवस्थापन समितिमा रहेकाे सामग्री शनिबार प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले  कोरोना संक्रमण नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ रसुवाका अध्यक्ष हेमनाथ खतिवडालाई हस्तान्तरण गर्नुभयाे । स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै प्रमुख जिल्ला अधिकारी भण्डारीले जिल्लामा कोरोना नियन्त्रण अभियानमा समाचार सम्प्रेषणमा खटिएका पत्रकारलाई स्वास्थ्य सामग्रीको अभाव भएमा सम्भव भएसम्म उपलब्ध गराउँदै जाने समेत बताउनुभयाे । विपत् व्यवस्थापन समितिमार्फत प्राप्त स्वास्थ्य सामग्री शनिबार नै जिल्लामा क्रियाशील पत्रकार तथा अधिकारकर्मीहरूलाई वितरण गरिएको छ ।

Comments

comments