पत्रकार आचार संहिता बारे छलफल

fnjrasuwa

धुन्चे, रसुवा
प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ रसुवाको संयोजनामा पत्रकार आचार संहिता र संचार माध्यमको बर्गिकरण बारे अन्तक्र्रिया सम्पन्न भयो ।

मिडियाको बितरण सम्परीक्षण आचार संहिता बारे काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुषाल, चत्रकार आचार संहिता बारे प्रेस बाउन्सिलका सदस्य शुबेक्षा बिन्दु , रसुवाको पत्रकारिताको अवस्थ बारे नेपाल पत्रकार महासंघका अध्यक्ष हेमनाथ खतिवडाले प्रस्तुत गरेका थिए । ७ वटा पत्रिका दर्ता भएर पनि कार्यक्रममा एउटा पनि पत्रिका निस्कन नसक्नु दुःखको विषय भएको प्रेस काउन्सिलका सदस्य बिन्दुले बताउनुभयो । समाचार सम्प्रेषणमा पत्रकारहरु सदैव नैतिकवान, संबेदनशील हुनु पर्ने बताउँनुभयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेले आफ्नो धारणा राख्नुभएको थियो ।

Comments

comments