पत्रकार सम्मेलनमार्फत मासिक प्रगति विवरण सार्वजनिक

cropped-lantang-logo-1.png

रसुवा, सरकारी कार्यालयहरूले पहिलो पटक पत्रकार सम्मेलनमार्फत मासिक प्रगति विवरण रसुवाको धुन्चेमा सार्वजनिक गरेका छन् ।

प्रमुख जिल्ला अधिकारसँगको समन्वयमा गतमहिला सूचनाको हक बारे छलफल गरी मासिक रुपमा पत्रकार सम्मेलन गर्ने योजना अनुरुप जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारीहरू एकै ठाउँमा भेला भएर जेठ महिनाको प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

जिल्लाका सरकारी कार्यालयले सूचना लुकाउने र आवश्यक जानकारी नदिने गरेको गुनासो आउने गरेको थियो । भर्खरै रसुवा जिल्लामा आएका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीको पहलमा मंगलबार पहिलो पटक संयुक्त पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

धिकासं कार्यालयले चालु आर्थिक वर्ष २०७५/७६ सालको ११ महिनाको विवरण नै सार्वजनिक गरेका छन् । पहिलो पटक पत्रकार सम्मेलन आयोजना गरिएका कारण केही कार्यालयले भने सम्पूर्ण विवरण प्रस्तुत गर्न सकेनन् ।

हरेक महिनाको ३ गते सूचना अधिकारीले पत्रकार सम्मेलन गरेर जानकारी दिने व्यवस्था मिलाइएको हो । ‘तत्कालै दिनुपर्ने सूचना कार्यालयहरूले सोही समयमा दिन्छन्, उहाँले भन्नुभयो , अन्य सूचना मासिक रूपमा दिने व्यवस्था मिलाएका छौँ ।’

यद्यपि हालैको संघीय अभ्यासको असरको कारण जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला समन्वय समिति, जिल्ला शिक्षा समन्वय इकाईले भने आफूहरुसँग बजेट योजना नभएको बताएका छन् । कार्यक्रममा  केही स्थानीय तह निकुञ्ज कार्यालयलगायत टिमुरे र नुवाकोटमा रहेका सम्बन्धित कार्यालयबाट पनि सूचना अधिकारी उपस्थित थिएनन् ।

Comments

comments