परिवर्तनका लागि बामगठबन्धनको जित आवश्यक

Teacher

रसुवा, कार्तिक २५ गते । बामपन्थी शिक्षकहरूको भेलाले मुलुकमा परिवर्तनका लागि , शिक्षकहरुको मुद्दा सम्बोधनका लागि बामगठबन्धनको जित आवश्यक रहेको निष्कर्ष निकालेको छ । निर्वाचनको अभिमुखीकरणका लागि कालिकास्थानमा भेला भएका शिक्षकहरूले यस्तो निष्कर्ष निकालेका हुन् ।

हालसम्म बनेका शिक्षा ऐन तथा नियमावलीहरूले शिक्षकहरूको समस्या समाधान गर्न नसक्ने र समाधानका लागि बामपन्थी सरकारबाट मात्र सम्भव भएको शिक्षकहरूले बताएका हुन् ।

शिक्षकहरूको भेलामा नेकपा (एमाले )का केन्द्रिय सदस्य माधब अर्याल, माओबादी केन्द्र रसुवा बरिष्ठ उपाध्यक्ष माधब लामिछाने समीर, नेकपा एमालेका उपाध्यक्ष विष्णु देवकोटा, माओवादी केन्द्रका मेघनाथ घिमिरे प्रभाकर, अखिल नेपाल शिक्षक संगठनका रामशरण पौडेल, गुणराज पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठनका सुभद्रा देवकोटालगायले आफ्नो धारणा राखेका थिए ।

भेलाले बाम गठबन्धनको जित सुििश्चत भएको , निर्वाचनका समयमा समस्या बक्ने नभई सफलता प्राप्तिका लागि सबैले योगदान दिने बेला आएको निष्कर्ष समेत निकालेको बताईएको छ ।

Comments

comments